काठमाडौं । मुस्ताङमा भिषण हिउँ पहिरो खसेको छ । थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा आएको हिउँ पहिरोबाट एक घर भत्केको छ भने ९ जना घाइते छन् ।
Advertisement
हिउँ पहिरो आएको देखेपछि भाग्दा जनआदर्श अमरसिंह माविका शिक्षक तथा विद्यार्थी लडेर घाइते भएका हुन् ।
भाग्ने क्रममा ९ जना शिक्षक विद्यार्थी घाइते भएको र उनीहरुलाई उपचारका लागि लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।
हिउँ पहिरोमा चरनका लागि लगिएका चौंरीलगायत जीवजन्तु परेको अनुमान गरिएको छ। १५० भन्दा बढी चौंरी हराइरहेका छन् । दुइटा चौरी गोठमा हिउँ पहिरोले क्षति पुर्याएको छ।
घटनास्थलमा प्रहरी परिचालन गरिसकिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।