काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध आइतबार एक घण्टा चक्काजाम गरेको छ । बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिएको हो ।
Advertisement
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द लगायतका आन्दोलन घोषणा गरेको आन्दोलन अन्तर्गत आज गरिएको चक्काजामका क्रममा केही स्थानमा प्रहरीले हस्तक्षेप गरेको नेकपाले जनाएको छ । नेकपाका अनुसार कार्यक्रम गर्न लाग्दा काठमाडौँका विभिन्न ठाउँबाट २७ जनालाई गिरफ्तार गरेको छ ।
त्रिचन्द्र कलेज अगाडिबाट अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेन्द्र विकसहित २१ जना, लैनचौरबाट पदम केसीसहित ३ जना, बालाजुबाट ७ जना मजदुरहरुलाई गिरफ्तार गरेको हो ।