शंकर प्रसाद पोख्रेल, तम्घास ।
गुल्मीको मदाने गाउँपालिकाको केन्द्र पुर्कोट दह बजारमा हाटबजार सञ्चालनमा आएको छ । हाटबजार सञ्चालनमा आएपछि किसान उत्साहित भएका छन् ।
Advertisement
हाटबजारमा स्थानीय किसान र ब्यापारीले आफ्ना उत्पादन बिक्रीका लागि ल्याएका छन् भने उपभोक्ताले समेत ताजा उपभोग्य वस्तु सस्तो किन्न पाएका छन् । हाटबजारले किसानहरुले गरेको उत्पादनलाई बजारको व्यवस्थापनमा सजिलो हुने स्थानीय रेसम घिमिरेले युगदर्शनसँग बताउनुभयो ।
शनिबार मदाने गाउँपालिका वडा नं ६ का अध्यक्ष तोकम कुँवरले हाट बजारको औपचारिक उद्घाटन गर्नुभएको हो । भोज बहादुर कुँवरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी महेन्द्र कुँवर, पृथ्वी कुँवर, मनिराम थापा लगायतको उपस्थिति रहेको थियो
हाटबजार शुभारम्भका क्रममा वग्लुङको भैलोले मनोरञ्जन प्रदान गरेको थियो ।