• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

पाल्पालाई ढाकाको हब बनाइने


  •   शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
  • तानसेन । ढाका कपडाकै कारण पहिचान बनाएको पाल्पालाई अब ढाकाकै हब बनाउन जोड दिइएको छ । पाल्पाली ढाका सङ्घद्वारा सदरमुकाम तानसेनमा आयोजित कार्यक्रमका सहभागीले पाल्पालाई ढाकाकै माध्यमले चिनाउनुपर्नेमा जोड दिए ।

    Advertisement

    देश तथा विदेशमा पाल्पाको ढाका कपडाले आफ्नो पहिचान बनाइसकेको छ । पाल्पाली ढाका सङ्घले ढाकाको ब्रान्ड बजारमा ल्याउने तयारी गरिरहेको छ । बाहिरबाट ल्याएको ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्रान्डसहितको ढाका बजारमा आउन लागेको सङ्घले जनाएको छ ।

    लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले ढाका कपडाको उत्पादनमा वृद्धि गर्न सके यसबाट धेरैले रोजगार पाउने सम्भावना रहेको बताउनुभयो ।

    ‘ढाका कपडा खरिद गर्नकै निम्ति बाहिरबाट ग्राहक पाल्पा आउने गरेका छन्’ उहाँले भन्नुभयो– ‘यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ ।’

    “समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश” नारालाई सार्थक बनाउन पनि ढाका कपडाबाट सघाउ पुग्ने उहाँको भनाइ छ ।

    सङ्घकी अध्यक्ष पूर्णमाया महर्जनले पाल्पाली ढाकाको नाम बेचेर बाहिरबाट भित्रिएका ढाकाको व्यापार गरेकै कारण स्थानीय ग्राहक मारमा परिरहेको बताउनुभयो । उहाँ अब ब्रान्डसहितको ढाका बजारमा आएपछि उपभोक्तालाई न्याय मिल्ने बताउनुहुन्छ ।

    तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा निर्यात गरिँदै आएको छ ।

    ‘ढाका कपडाको व्यापारका नाममा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार आगटेको छ । यसले उपभोक्ता र ढाका व्यापारी मारमा परेका छन्’ महर्जनले भन्नुभयो ।

    गुणस्तरीय नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्रान्ड बनाएर बजारमा ल्याउने तयारी गरिएको छ । पाल्पाली ढाका सङ्घले निश्चित गुणस्तरसहित ब्रान्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ । युके एड (सिप), लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ परियोजनामार्फत ब्रान्डिङ गरेको ढाका कपडा अब चाँडै बजारमा आउने भएको छ ।

    भारत र चीनबाट आयात गरिएको ढाका कपडाका कारण पाल्पाली ढाका कपडाको व्यापार चौपट भएको छ ।

    ‘ब्रान्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा हो भन्ने चिनाउने अभियानमा सञ्चालन गर्नुपर्छ’ पाल्पाली ढाका सङ्घका व्यवस्थापक अनुशेष रायमाझीले भन्नुभयो ।

    उहाँका अनुसार तीन वर्षे ब्रान्डिङ योजना बनाउनका लागि परियोजनाले इमेज आर्ट संस्था काठमाडौँसँग सम्झौता गरी काम अगाडि बढाएको छ । ढाका कपडा बजारमा छिट्टै पठाइँदै छ ।

    उहाँ भन्नुहुन्छ– ‘ब्रान्डिङ गरेको सामान तानसेन र काठमाडौँमा आगामी पुससम्म एकैसाथ ल्याउने तयारी छ, । काठमाडौँमा चार तथा पोखरामा एउटा सप्लायर्ससँग पाल्पाली ढाका कपडा पठाउने सम्झौता भइसकेको छ ।’

    ब्रान्ड बनाएर ढाका कपडा बाहिर पठाउनका लागि परियोजनाले निश्चित मापदण्ड तोकेको छ । कारखानाको स्थिति कस्तो छ, कारखानामा सुरक्षा उपकरण छ कि छैन, प्रकाशको व्यवस्था, काम गर्ने मजदुरले सरकारले तोकेको न्यूनतम ज्याला पाए नपाएको लगायत मापदण्ड तयार पारेको छ ।

    सुरुआती चरणमा तानसेन र काठमाडौँमा एकैसाथ ढाका कपडा बिक्री गर्ने तय भएको छ । विस्तारै सबै जिल्ला र अन्तर्राष्ट्रिय बजारमा ढाका पुर्याउने सङ्घको योजना छ ।

    स्विटजरल्यान्डको लेबल स्टेप संस्थासँग साझेदारी गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी भइरहेको सङ्घले जनाएको छ । हाल यहाँ उत्पादन भएको ढाका कपडा युरोपका विभिन्न देशमा निर्यात हुँदै आएको छ ।

    बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले पाल्पाका केही उद्योग बन्द भएका थिए । अहिले ब्रान्डिङमा लैजाने भएपछि उद्योगी पुनः उत्साहित भएका छन् । उद्योग व्यापार फस्टाउने उनीहरूलाई आशा छ । उद्योगलाई स्थापित गराउन, सरकारले तोकेको न्यूनतम ज्याला कामदारलाई उपलब्ध गराउन यसले सहयोग पुग्ने छ । अहिले उद्योग थपिने क्रम जारी छ । पाल्पामा करिब ४० को सङ्ख्यामा ढाका कपडाका व्यापारी छन् । दसैँअघि तानसेनको टुँडिखेलमा लुम्बिनी प्रदेश सरकार र परियोजनाको सहयोगमा “पाल्पाली कोसेलीघर” सञ्चालन गरिएको छ । (रासस)

    शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • २.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ३.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ४.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ५.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ६.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ७.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ८.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.