काठमाडौँ । नेकपा (मसाल) ले रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार लक्ष्मी गुरुङको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७८ कात्तिक २६ गते जारी शोकवक्तव्यमा श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको हो।
गुरुङको निधनले पार्टीले इमान्दार, आशावादी तथा कर्तव्यनिष्ठ सदस्य गुमाउनुपरेको बताइएको शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“का. लक्ष्मी गुरुङको २०७८ कार्तिक २५ गते मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दुःख प्रकट गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. गुरुङ नेपाल कम्युनिस्ट पार्टी (मसाल) को सदस्य हुनुहुन्थ्यो । उहाँले रक्तिम सांस्कृतिक अभियानमा रहेर नेपालको जनवादी सांस्कृतिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिनुभएको थियो । उहाँको मृत्युबाट पार्टीले एक इमान्दार, आशावादी तथा कर्तव्यनिष्ठ सदस्य गुमाउनुको साथै नेपालको प्रगतिशील तथा जनवादी सांस्कृतिक आन्दोलनले महत्त्वपूर्ण प्रतिभा गुमाएको छ । त्यसबाट हाम्रो पार्टीको आन्दोलन तथा नेपालको जनवादी सांस्कृतिक आन्दोलनमा गम्भीर क्षति पुगेको छ । नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा उहाँले दिएको योगदान अविस्मरणीय रहने छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”