बिबश छन्त्याल, बुर्तिबाङ ।
बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङ स्थित उत्तरगंगा नमुना माविमा अखिल (छैठौं) को इकाई समिति गठन भएको छ । बिहीबार अखिल (छैठौं)ले भेला गरि समिति गठन गरेको हो ।
Advertisement
भेलामा अखिल (छैठौं) का केन्द्रीय सचिव ईन्द्रमणि पाण्डे, जिल्ला सचिव विवश छन्त्याल, सदस्य एवम् नगर अध्यक्ष मिलन सुनार, निवर्तमान इकाई अध्यक्ष मदन भुसाल, वैकल्पिक जिल्ला सदस्य मोनिका भण्डारी, नगर संगठक सम्झना भण्डारी लगायतले प्रशिक्षण दिनु भएको थियो ।
भेलाले शिखर विकको अध्यक्षतामा २७ सदस्यीय मूल इकाई समिति गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश, माया रसाइली, दिपजन रसायली, सर्मिला हर्मेल, हिमाल सुनार र अन्य सदस्यहरु रहनुभएको छ ।