काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार सूचना प्रकाशित गरी पेट्रोल, डिजेल र मट्ट्रितेलमा प्रतिलिटर ३ रूपैयाँ बढाएको छ ।
Advertisement
यस्तै, खाना पकाउने ग्यासमा ७५ रुपैयाँ बढाइएको छ । अब पेट्रोल प्रतिलिटर १ सय ३६ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको भाउ १ सय १९ रूपैयाँ पुगेको छ ।
खाना पकाउने ग्यासको मूल्य ७५ रूपैयाँ बढेर प्रतिसिलिन्डर १५ सय ७५ रूपैयाँ पुगेको छ ।