टेकराज भुसाल, अर्घाखाँची ।
भूमिकास्थान नगरपालिका–२ को ठुलापोखरामा देविकास्थान झाँक्रीशाला टोल विकास समितिको आयोजनामा बुधबारदेखि खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ।
भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले उद्घाटन गर्नुभएको प्रतियोगितामा अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी थापा, स्थानीय सामाजिक व्यक्तित्व जिवनारायण खनाल, भूमिकास्थान नगरपालिका वार्ड नम्बर–२ का अध्यक्ष बुद्धिबहादुर थापा, नेकपा (एमाले) का कमला खनाल, नेपाली काङ्ग्रेसका चुरामणि खनाल, नेकपा माओवादि (केन्द्र) का चेतन खनाल र राष्ट्रिय जनमोर्चाका नारायण खनालले खेलको भव्य सफलताको सुभकामना दिनुभएको थियो।

कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य जिवन नेपाली, बिश्व माविका शिक्षक जुमलाल खनाल, भगवती आधारभुत विद्यालयका प्राचार्य कमल प्रसाद खनाल, जनप्रिय आधारभुत विद्यालयका प्राचार्य पवित्रा क्षेत्री, पत्रकार टेकराज भुसाल, रेफ्रि निर्मल राना लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रम देविकास्थान झाकिशाला टोल बिकास समितिका अध्यक्ष जितेन्द्र खत्रीको अध्यक्षता, गणेश सुनारको संचालन र प्रकाश चुदालीको स्वागत मन्त्वयमा सम्पन्न भएको थियोे।
प्रतियोगितामा प्रथम पुरस्कार नगद रु २५ हजार, द्वीतीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। आजबाट सुरु भएको प्रतियोगिता कार्तिक २६ गते सम्म सञ्चालन हुने अध्यक्ष जितेन्द्र खत्रीले जानकारी दिनुभएको छ।