• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतमा संगठन बनाउने निर्णय पास गराउन दुई वर्ष लागेको थियो : केसी


  •   आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतमा सङ्गठन बनाउने निर्णय पारित गराउनका लागि दुई वर्ष लागेको जानकारी दिनुभएको छ ।

    Advertisement

    ‘भारतमा नेपालीहरूको सङ्गठन बनाऊँ भन्ने निर्णय गर्न दुई वर्ष लागेको थियो’ उहाँले भन्नुभयो– ‘तत्कालीन चौथो महाधिवेशनका साथीहरू दुई वर्षपछि मात्र भारतमा सङ्गठन बनाउने निर्णयमा सहमत हुनुभएको थियो ।’

    तत्कालीन नेकपा (चौथो महाधिवेशन) मा भारतमा नेपाली सङ्गठनको आवश्यकताबारे प्रशस्त भ्रम रहेको उहाँले बताउनुभयो ।

    ‘नेपालीहरू भारतमा जानु भनेको नोकरी गर्नका लागि हो’ चौथो महाधिवेशनका साथीहरू भन्थे– ‘उनीहरूलाई कहाँ राजनीति गर्न सिकाउने ?’

    अध्यक्ष केसी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको त्रिचालिसौँ स्थापना दिवसको अवसरमा नोभेम्बर ७, २०२१ तदनुसार २०७८ कात्तिक २१ गते आयोजित भर्चुअल कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै हुनुहुन्थ्यो ।

    सम्बोधनको क्रममा अध्यक्ष केसीले त्यो परम्परागत धारणालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले परिवर्तन गरिदिएको बताउनुभयो ।

    ‘भारतमा जाने धनपैसा कमाउन मात्रै होइन, राजनीति गर्नका लागि पनि जाने हो’ उहाँले भन्नुभयो– ‘अहिले मूल प्रवाह एकता समाजले त्यो पुरानो धारणालाई परिवर्तन गरिदिएको छ ।’

    नेकपा (मसाल) को आठौँ महाधिवेशनले दक्षिणपन्थी लाइन लिएको भनी फुटपरस्त तथा अनुशासनविहीनहरूले चलाएको हल्लालाई उहाँले खारेज गर्नुभयो ।

    ‘२०७६ सालमा पार्टीको आठौँ महाधिवेशन हुँदा त्यतिखेरका अल्पमत पक्षले गणतन्त्रलाई संस्थागत गर्नुपर्दैन; चुनावमा भाग लिएर गल्ती गरियो; वामपन्थी सहकार्य गर्नु गल्ती भयो भन्थे’ केसीले भन्नुभयो– ‘त्यसपछि तीन वर्ष बितिसक्यो । खै उनीहरूको त्यसभन्दा फरक नीति के हो ?’

    उहाँले खालि नेकपा (मसाल) लाई बद्नाम गर्दै समाप्त पार्नका लागि फुटपरस्त तथा अनुशासनविहीन तŒवहरू लागिपरेको बताउनुभयो ।

    उहाँले फुटपरस्त तत्त्वहरूले वामपन्थी सङ्कीर्णतावादी लाइन लिएको बताउनुभयो ।

    ‘दक्षिणपन्थी अवसरवादलाई चिन्न सजिलो छ’ उहाँले भन्नुभयो– ‘तर वामपन्थी सङ्कीर्णतावादलाई चिन्न गाह्रो छ ।’

    मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले वामपन्थी सङ्कीर्णतावादी लाइन लिएको बताउँदै उहाँले भन्नुभयो– ‘बैद्य माओवादीका नेता सी.पी. गजुरलेको कुरा त सुन्नुभयो नि, ज्ञानेन्द्रलाई कम्बोडियाको राजा सिंहानुक बनाएर उनीहरूसित कार्यगत एकता गर्ने !’

    ‘वामपन्थी सङ्कीर्णतावादीको अवस्था यस्तो हुन्छ’ उहाँले प्रश्न थियो– ‘नेपालमा राजा ज्ञानेन्द्र सिंहानुक बन्न तयार हुन्छन् ? तपाईंहामीले त्यो विश्वास गर्न सक्छौँ ?’

    न्यायालयमा चलिरहेको विवादको सन्दर्भमा अध्यक्ष केसीले चोलेन्द्रशमशेर जबराको विरुद्ध राष्ट्रिय जनमोर्चा एक्लै भएको स्मरण गर्नुभयो ।

    ‘२०७१ सालमा चोलेन्द्रशमशेर जबरालाई न्यायाधीश बनाउनुु हुन्न भन्ने राष्ट्रिय जनमोर्चा एक्लै थियो’ उहाँले भन्नुभयो– ‘त्यतिखेर काङ्ग्रेस, एमाले, माओवादी सबैले चोलेन्द्रलाई न्यायाधीश बनाउनुपर्छ भन्थे, अहिले फेरि सबैले चोलेन्द्रको राजीनामा मागिरहेका छन् ।’

    अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा अहिल्यै चोलेन्द्रको राजीनामा माग्ने निर्णयमा पुगिनसकेको बताउनुभयो ।

    ‘हामीले बुझेका छौँ, प्रतिगामीहरूले विघटित संसद् पुनस्र्थापना गर्ने फैसला गरेका कारण चोलेन्द्रशमशेरको राजीनामा मागिरहेका छन्’ उहाँले आफूहरू उक्त प्रतिगामी विचार विरुद्धमा रहेको बताउनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले विदेशस्थित नेपालीहरूको मताधिकारको विषय सर्वोच्च अदालतले स्वीकार गरेर फैसला दिइसके पनि सरकारले त्यसलाई कार्यान्वयन गर्न नसकेको बताउनुभयो ।

    ‘प्रवासी नेपालीको आन्दोलनकै बलमा सर्वोच्चले त्यो फैसला दिएको थियो’ उहाँले भन्नुभयो– ‘अब सर्वोच्चको त्यो फैसला कार्यान्वयनका लागि पनि प्रवासी नेपालीहरू पुनः आन्दोलित हुनुपर्ने भएको छ ।’

    पार्टीमा असन्तुष्टि देखिनु नयाँ विषय नभएको प्रसङ्ग उठाउँदै उहाँले इतिहासमा यस्तो क्रियाकलाप पहिले पनि देखिँदै आएको बताउनुभयो ।
    उहाँले असन्तुष्टि पोख्नुभन्दा अनुशासन र पद्धतिको विषय कठिन रहेको धारणा राख्नुभयो ।

    काङ्ग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको सन्दर्भमा उहाँको भनाइ थियो– ‘रणनैतिक हिसाबले काङ्ग्रेस दुस्मनशक्ति नै हो तर कार्यनैतिक हिसाबले हामी सङ्घर्ष–एकता–सङ्घर्षको आधारमा सहकार्य गरिरहेका छौँ ।’

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीले एकता समाजले ४२ वर्ष पार गरेर त्रिचालिसौँ वर्ष पार गरेर सङ्गठन परिपक्व अवस्थामा पुगेको बताउनुभयो ।

    मूल प्रवाह नेपाली एकता समाजको अध्यक्षसमेत रहनुभएका केसीले फुटपरस्त र अनुशासनविहीन तत्त्वहरूले चाहेर मात्रै एकता समाज समाप्त नहुने दाबी गर्नुभयो ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले नेपालमा निरङ्कुश पञ्चायती शासन व्यवस्था रहेका बेला भारतमा सामाजिक सङ्गठनको रूपमा एकता समाज स्थापना गरिएको स्मरण गर्नुभयो ।

    सम्बोधनको क्रममा उहाँले टुटफुटबाट निराश भएर निरन्तर अगाडि बढ्न आग्रह गर्नुभयो ।

    केन्द्रीय उपाध्यक्ष कपिल खनालको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा अर्का उपाध्यक्ष हिरासिंह चन्दले स्वागत तथा केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले सञ्चालन गर्नुभएको थियो ।

    आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.