काठमाडौं । ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ । २ घाइते भएका छन् ।
Advertisement
ग्यास सिलिन्डर विस्फोटबाट लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
स्थानीय निरज ताम्राकारको घरमा भएको दुर्घटनामा परी मृत्यु हुने उनका बुबा, दिदी, श्रीमती र छोरा हुन् ।
घटनामा २ जना घाइते भएका छन् । घाइतेको नाम खुलिसकेको छैन । उनीहरूको उपचार पाटन अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
सबै शव पनि पाटन अस्पतालमै लगिएको छ । घटनापछि चारतले घरमा लागेको आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् ।