• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पुनरुत्थानका प्याकेजले अर्थतन्त्रमा सकारात्मक प्रभावः गभर्नर अधिकारी

  •   सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अघिल्लो आर्थिक वर्षमा लिइएका पुनरुत्थानका प्याकेजले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको बताउनुभएको छ ।

    Advertisement

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले यहाँ आज आयोजना गरेको ‘गहिरिँदो तरलता अभावः कारण र समाधान’ विषयक अन्तरक्रियामा गभर्नर अधिकारीले सरकार र नेपाल राष्ट्र बैंकको सामूहिक प्रयासले अर्थतन्त्र छिटो पुनरुत्थान भएको बताउनुभयो । उहाँले आर्थिक पुनरुत्थान प्याकेजहरुको सकारात्मक प्रभावबाट निजी क्षेत्र पनि उत्साहित भएको उल्लेख गर्नुभयो । ‘अर्थतन्त्रको पुनरुत्थान निकै राम्रो भयो तर यसको चाप तरलतामा परेको देखिन्छ, तथापि अहिले पनि तरलता अभावका कारण कर्जा नै नपाइने हो कि भनेर चिन्तित हुनुपर्ने अवस्था छैन ढिलो चाँडो कर्जा पाउँछन,’ उहाँले भन्नुभयो ।

    राष्ट्रिय राजनीतिमा परिवर्तन तथा चाँडो सरकार फेरिने कारणले पनि तरलताको समस्या आएको गभर्नर अधिकारीको भनाइ छ । उहाँका अनुसार चालु आवयता ३५१ अर्ब कर्जा लगानी भएको छ । यो अवधिमा निक्षेप सङ्कलन रु एक खर्ब पनि पुगेको छैन जसका कारण तरलता अभाव भएको छ । अहिलेको अवस्थामा उत्पादनमूलक र उत्पादनशील क्षेत्रमा बैंकहरुले ऋण कर्जा उपलब्ध गराउनुपर्ने गभर्नर अधिकारीको धारणा छ ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सरकारले पूँजीगत खर्च बढाउन नसक्दा तरलताको अवस्था आएको भन्दै यसले शिक्षा र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पर्ने बताउनुभयो । उहाँले तरलता अभावले करिब ४५ लाख शेयर लगानीकर्तासमेत प्रभावित हुने खतरा औँल्याउनुभयो । कोभिड महामारीबाट अति प्रभावित पर्यटन तथा साना र मझौला उद्योग पुनरुत्थान कठिन हुने उहाँको भनाइ छ ।

    नेपाल बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहालले बैंकहरुको कर्जा व्यवस्थापनमा राष्ट्र बैंकले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले देशका कूल ७५३ स्थानीय तहमध्ये ७५० मा बैंकिङ सेवा पुगेको र बाँकी तीन तहमा पनि छिट्टै विस्तार गरिने लक्ष्य रहेको जानकारी दिनुभयो ।(रासस)

    सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.