• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

वर्षाका कारण सात अर्बको धानबाली नष्ट


  •   सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित
  • कृष्णराज गौतम, काठमाडौं ।
    वर्षाका कारण धानबालीमा रु सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ ।

    Advertisement

    सबैभन्दा धेरै लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा करिब ४२ हजार हेक्टरमा एक लाख ६१ हजार २२३ मेट्रिकटन धान नोक्सान हुँदा रु चार अर्ब ५१ करोड क्षति भएको छ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा करिब १८ हजार हेक्टरमा ६८ हजार ४०० मेट्रिकटन धान क्षति भएको छ । सोको बजार मूल्य रु एक अर्ब ९१ करोड हुन्छ ।

    प्रदेश नं १ का झापा, मोरङ र सुनसरीमा सात हजार ४९२ हेक्टर क्षेफलमा २८ हजार ४६९ मेट्रिकटन बालीमा नोक्सान पुगेको छ । यसको बजार मूल्य रु ८० करोड हुन आउँछ । गत असोज ३१ गतेदेखि देशका विभिन्न स्थानमा भएको अविरल वर्षाका कारण विशेषगरी यस क्षेत्रका किसान समस्यामा परेका छन् । अन्य प्रदेशमा पनि केकस्तो नोक्सान भएको छ, त्यसको अभिलेख सङ्कलन गर्न मन्त्रालय मातहतका प्रदेश कार्यालयलाई जिम्मेवारी दिइएको छ ।

    सम्बन्धित पक्षलाई राहत सहुलियत उपलब्ध गराउन मन्त्रालयबाट पनि अनुगमन समिति गठन गरी प्रभावित क्षेत्रमा पठाइएको प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । मन्त्रालय र प्रदेशका अधिकारीबीच समन्वय र समझदारी कायम गरी प्रभावित कृषकलाई सहयोग प्रदान गरिने जनाइएको छ । वर्षाले देशका विभिन्न स्थानमा आएको बाढी तथा डुबानले १०० भन्दा धेरै मानिसको मृत्यु भएको छ ।

    विभिन्न स्थानका सडक मार्गसमेत नोक्सान भएका छन् । कृषकले धान भित्र्याउने समयमा भएको वर्षाले यस वर्ष ठूलो नोक्सानी भएकाले राष्ट्रिय उत्पादनमा समेत कमी आउने अनुमान गरिएको छ । धानलगायत अन्य बाली रोप्ने समयमा रासायनिक मलको समस्या सधैँ हुने गर्दछ । मौसमका आधारमा बर्खे धान, चैते धान, भदैया धान र घैया धानसमेत उत्पादन हुने गर्दछ ।

    नेपालमा अन्नबालीमा धानलाई प्रमुख बालीका रुपमा लिइन्छ । करिब दुई दशकदेखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइन्छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा करिब ३२ प्रतिशत कृषि क्षेत्रले योगदान गरेको छ । त्यसमा पनि कृषि गार्हस्थ उत्पादनमा धानको योगदान करिब २० प्रतिशत छ । खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यकपर्ने क्यालोरी चामलमा राम्रो हुन्छ ।

    कूल जनसंख्याको करिब ६५ प्रतिशत यस क्षेत्रमा आश्रित छन् । मुलकमा राम्रो धानखेती हुने क्षेत्र तराई भए पनि पहाडमा हावापानीअनुसारको स्थानीय धान उत्पादन हुने गर्दछ । उच्च क्षेत्र जुम्लालगायत केही हिमाली जिल्लामा पनि स्थानीय धानखेती हुने गर्दछ । मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा धानको खेती हुन्छ । देशको करिब १६ लाख हेक्टरमा धानखेती भइरहेको मन्न्त्रालयले जनाएको छ ।

    हाल ६३ जातका धानको खेती गरिन्छ भने पछिल्लो पाँच वर्षयता करिब ५० देखि ५६ लाख मेट्रिकटन धान उत्पादन हुने गरेको अभिलेख छ । “केही दशक अगाडि हामीले विदेशमा चामल निर्यात गर्ने गरेकामा केही वर्षदेखि चामल आयात गरेका छौँ”, प्रवक्ता सञ्जेलले भन्नुभयो । गत वर्ष नेपालले करिब रु ५० अर्बको चामल आयात गरेको मन्त्रालयले जनाएको छ । यसले व्यापार घाटालाई बढाएको छ भने राष्ट्रिय अर्थतन्त्रलाई नकारात्मक असर पु¥याएको छ ।

    विश्वका ११४ मुलुकमा धानको उत्पादन हुने गरेको छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । विश्वमा करिब १७ करोड हेक्टर जमिनमा धान खेती गरिन्छ भने करिब ७५ करोड मेट्रिकटन धान उत्पादन हुन्छ । कूल उत्पादनको ८० प्रतिशत धान खपत एशियामा हुने गरेको छ । (रासस)

    सोमबार, कार्तिक ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.