काठमाडौं । मनसुनपछि देशभर भइरहेको वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी ३१ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले बुधबार बिहान दिएको विवरणअनुसार बाढी तथा पहिरोमा परी भने ३३ जना हराइरहेका छन् भने ४३ जना घाइते भएका छन् । यस्तै, ४०० परिवार विस्थपित भएका छन् ।
बाढी पहिरोमा मृत्यु भएका ३१ मध्ये २२ जना प्रदेश १ का मात्रै रहेको विपद् महाशाखाले जनाएको छ।
पहिरोमा परेर हुम्लामा छ र बझाङमा २३ तथा कैलालीमा चार जना बेपत्ता भएका छन् ।
प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्ये १५ जिल्लाका अधिकांश राजमार्ग तथा धेरै ठाउँमा विद्युत् र फोन सेवासमेत अवरुद्ध भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।
नेपालमा गत असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिलेसम्म सुदूरपश्चिमलाई नराम्ररी प्रभावित बनाएको छ ।