• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मोतिपुर घटनाका दोषीउपर कारबाही गर्न राजमो रुपन्देहीको माग


  •   बुधबार, असोज २७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा रुपन्देहीले मोतिपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेको छ ।

    Advertisement

    जिल्लाध्यक्ष बद्रे आलमको हस्ताक्षरमा २०७८ असोज २७ गते जारी प्रेसवक्तव्यमार्फत यस्तो माग गरिएको हो ।

    प्रेसवक्तव्यमा सर्वप्रथम मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको छ ।

    २०७२ सालदेखि नै लगभग ७५ घरपरिवार त्यहाँ बस्दै आएकोमा सरकारले औद्योगिक क्षेत्र घोषणा गर्दा क्षतिपूर्ति नदिएको प्रेसवक्तव्यमा उल्लेख छ ।

    २०७८ भदौदेखि कृत्रिम रूपमा उक्त जग्गामा बुकुरो बनाई दिनभरि कुर्ने र राती आफ्नै घर जाने, सोही बेलामा प्रहरीले बुकुरो भत्काउने क्रम चलिरहेको सन्दर्भ उल्लेख गर्दैै राजमो रुपन्देहीले प्रशासनले संयमता र कुशलता अपनाउन नसकेकाले सो घटना घटेको उल्लेख गरेको छ ।

    घाइतेलाई निःशुल्क उपचार तथा सुकुम्बासीलाई कुनै दलको कार्यकर्ता भएको कारणले होइन, नियमानुसार जग्गा उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिइएको सो प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “२०७८ असोज ४ गतेका दिन प्रहरी र जनताबिच मुठभेड हुँदा ४ जनाको ज्यान गएको र दर्जनौँ मानिस र प्रहरीलगायत गम्भीर घाइते भएको घटनाप्रति राष्ट्रिय जनमोर्चा रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ । राजमो रुपन्देही मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदनाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

    जग्गाको विषयमा भएको घटनाप्रति सरकार व राज्यका सम्बन्धित निकायले संयमता र कुशलतापूर्वक समाधान गर्न नसकेको परिणामस्वरूप ४ जनाको ज्यान र तमाम मानिस घाइते भएका हुन् । सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न माग गर्दछौँ । यो मुलुकको ठुलो राष्ट्रिय समस्या हो ।

    बुटवल उमहानगरपालिका वडा नं. १७ र १७ तथा सियारी र सुद्धोधन गाउँपालिका गरी ८१३ बिगाहा जग्गा औद्योगिक क्षेत्रका लागि राज्यले २०७२ सालदेखि औद्योगिक नीतिअन्तर्गत २०७७ सालमा विवादका बाबजुद शिलान्याससमेत गरिसकेको अवस्था हो । २०२२ सालदेखि नै त्यस क्षेत्रमा अन्दाजी ७० देखि ७५ घरपरिवार बसोबास गर्दै आएकालाई राज्यले क्षतिपूर्तिसहित अन्यत्र यथोचित व्यवस्था गर्ने गरी आश्वासनसमेत दिएको तर हालसम्म पनि कुनै सरकारले ध्यान दिएको पाइन्न । यता, २०७८ सालको भदौ महिनादेखि ठुलै सङ्ख्यामा मानिसहरू आई उक्त जग्गामा दिनभरि पाल वा स्याउलाको बुकुरो बनाई बस्ने र साँझ परेपछि त्यहाँबाट बाहिर फर्किने, उता उक्त स्याउलाका बुकुरो सुरक्षाकर्मीद्वारा भत्काउने वा जलाउने कार्य दिनहुँ चल्दै आएको थियो ।

    तराईमा अझै कैयन् बहानामा हदबन्दीभन्दा बढी जग्गा जमिन्दारकै कब्जामा छ । भूमिहीन तथा गरिब जनताले जग्गा पाएका छैनन् । भूमाफियाहरू ठुलो परिमाणमा कृषियोग्य जमिन प्लटिङ गरि महङ्गोमा बिक्री गर्ने गरेका छन् र राज्यबाट कुनै अनुगमन, नियन्त्रण गरेको देखिँदैन । त्यस्तै, गुठी जग्गाको पनि समस्या छ । विभिन्न बहानामा गुठीका जग्गा कब्जा हुने गरेको छ । सुकुम्बासी बास बस्नसमेत जग्गा पाएका छैनन् ।

    भूमिसम्बन्धी समस्या समाधान गर्न विभिन्न समयमा आयोग वा कार्यदल नबनेका होइनन् तर समस्या जहाँका त्यहीँ छन । आज पनि एकातिर सामन्त, भू माफिया र गुठीका नाममा जग्गाको व्यापक दुरूपयोग भएको छ । सरकार व सरकारमा जाने राजनैतिक दलले यो समस्याबाट अनुचित फाइदा उठाने काम गर्ने गरेका छन् । चुनावका बेला भूमिहीन सुकुम्बासीलाई जग्गा दिने भनेर आयोग, कार्यदल व सरोकारवालाको समिति बनाई सस्तो लोकप्रियताका नाममा अनुचित लाभ लिने काम गर्ने गरेका छन् तर वास्तविक भूमिहीनको समस्या जहाँको तहीँ छ ।

    कतिपय राजनैतिक दलका सम्बद्ध स्थानीय कार्यकर्ता भूमाफियासित मिलेर भूमिहीन सुकुम्बासीबाट रकम असुल्ने गर्दछन् । कथित भूमिहीन मानिसलाई ठुलै मूल्य पर्ने परती जग्गा ओगटेर राख्ने तर जग्गा भने आफ्नो नाउँमा दर्ता गर्ने गर्दछन् । यसरी राष्ट्रिय समस्यालाई झन् गम्भीर बनाएका छन् । हाम्रो पार्टीले बेला बेलामा यो समस्याबारे आवाज उठाउँदै आन्दोलन गर्दै आएको छ । जनताले पनि आवाज उठाउँदै सङ्घर्ष गर्दै आएको भए पनि त्यसलाई सरकारले गम्भीर रूपमा लिएको देखिँदैन ।

    मोतिपुरको घटना त्यही पृष्ठभूमिको उपज हो । यहाँ कतिपय वास्तविक सुकुम्बासी रहेका छन् भने कतिपय भूमाफिया, सम्पन्न व्यक्ति र अमूक राजनैतिक दलका कार्यकर्ता भन्नेबाट महङ्गो जग्गा ओगट्ने दाउले काम गरिरहेका छन् । उक्त जग्गामा लुम्बिनी प्रदेश स्तरीय औद्योगिक क्षेत्र बनाउन भनिएता पनि अहिलेसम्म त्यहाँ बसोबास गरिरहेका जनतालाई क्षतिपूर्ति तथा यथोचित बसोबासको व्यवस्था नमिलाइएकाले तत्काल क्षतिपूर्ति तथा यथोचित व्यवस्था मिलाइयोस् ।

    असोज २४ गतेको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दछौँ । साथै वास्तविक सुकुम्बासी र भूमाफियाको पहिचान गरियोस् । वास्तविक सुकुम्बासीलाई कुनै अमूक पार्टी व कार्याकर्ताका कारण भूमिहीनले जग्गा पाउन सकिने व पाएको महसुस गर्ने खालको विभेदकारी नीतिका आधारमा नभई सुकुम्बासीले स्वतः जग्गा पाउने अधिकार रहेको र उक्त जग्गा उपलब्ध गराउने राज्यको अनिवार्य कर्तव्य भएको आधारमा सरकारले सामाजिक र राजनैतिक न्याय दिलाउन जोडदार माग गर्दछौँ ।”

    बुधबार, असोज २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.