काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले बुटवलको मोतीपुर क्षेत्रमा भएको गोलीकाण्डको भर्त्सना गरेको छ । मंगलबार एक वक्तव्य प्रकाशित गरी मसालले सो घटनाको छानविन गरी दोषी उपर कारबाहीको माग गरेको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतवार झडप भएको थियो । त्यसक्रममा चार सर्वसाधारणको मृत्यु भएको थियो भने ७० जनाभन्दा धेरै घाइते भएका थिए।
प्रहरीको गोली लागेर कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का २० वर्षीय रमेश परियार, कपिलबस्तुकै सुहजन गाउँपालिकाका ३८ वर्षीय वीरेन्द्र प्रसाद कुर्मी र पूर्वी नवलपरासीका १८ वर्षीय युजल कुमाल छन् । अर्का एक मृतकको अझै सनाखत हुन सकेको छैन।
मसालले सुकुम्बासीको समस्या समाधान गर्न पनि सरकारसँग माग गरेको छ । यसको साथै सुकुम्बासीका नाममा भूमाफियाहरुले जग्गा कब्जा गर्ने वा विभिन्न राजनीतिक दलको आडमा आफ्नो स्वार्थ सिद्ध गर्ने प्रवृतिको समेत विरोध गरेको छ ।
यस्तो छ, प्रवक्ता रामप्रकाश पुरीद्वारा जारी वक्तव्य