काठमाडौं । नेकपा (मसाल) का सदस्य प्रेमबहादुर पुन (का. पदम) को निधन भएको छ ।
रोल्पा जिल्लाको रोल्पा नगरपालिका–७ जम्कोट निवासी पुनको ६० वर्षको उमेरमा उपचारको क्रममा आइतबार भारतको हिमांचल प्रदेश परमाणुमा मृत्यु भएको नेकपा (मसाल) ले जनाएको छ ।
महामन्त्री मोहनविक्रम सिंहले सोमबार एक शोक विज्ञप्ति प्रकाशित गरी पुनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
‘रोल्पा नगरपालिका–७ जम्कोट निवासी का. प्रेमबहादुर पुन(का. पदम)को ६० वर्षको उमेरमा उपचारको क्रममा २०७८ असोज २४ गते भारतको हिमाचल प्रदेश परमाणुमा मृत्यु भएको छ’ महामन्त्री सिंहले प्रेसित गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘का. पुन हाम्रो पार्टीको इमान्दार, अनुशासित र लगनशील पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति पुगेको छ । हामीले उहाँको मृत्युप्रति गम्भीर दुःखका साथ सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै का. पुन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’