जनकपुरधाम । धनुषामा दुई नाबालक छोराको हत्या गरी आमाले आत्महत्या गरेकी छन् । धनुषाको नगराईन नगरपालिका ४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले शुक्रबार साँझ दुई नाबालक छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेकी हुन् ।
Advertisement
श्रीमान घर बाहिर रहेको बेला ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्यलाई डोरीले घाँटी कसेर हत्या गरेपछि उनले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
गुडिया र गुरुदेवबीच प्रेम विवाह भएको थियो । प्रेम विवाह माइती पक्षले हालसम्म स्वीकार नगरेको पाइएको प्रहरीले जनाएको छ । माइतीपक्षले आफ्नो विवाह अस्वीकार गरेकै कारण उनले छोराहरुको हत्यापछि आत्महत्या गरेको प्रहरीको अनुमान छ । गुडिया र गुरुदेवबीच कुनै विवाद नदेखिएको प्रहरीको भनाई छ ।
तीनैजनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।