कावासोती । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. ६ र ७ गैरीगाउँमा अखिल (छैठौं) को गाउँ भेला सम्पन्न भएको छ ।
Advertisement
अखिल (छैठौं) का केन्द्रीय सचिव सुवास जिसीको प्रमुख आतिथ्यतामा २०७८ असोज १६ गते उक्त भेला सम्पन्न भएको हो ।
भेलाले सुजन पौडेलको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण गरेको छ ।समितिको उपाध्यक्षमा हिमाल सापकोटा, सचिवमा निश्चल सापकोटा र कोषाध्यक्षमा अस्मिता परियार चयन हुनुभएको छ ।
समितिको सदस्यमा सुजन हरै, प्रदीप नेपाली, डाइमन सापकोटा, सोनाम तामाङ, विशाल दर्जी, सन्जय परियार, विमल कुमाल, सौगात दराई, विजय परियार, विनिता दर्जी, डिलबहादुर, पूर्णिमा परियार, दिप्सन पौडेल, पवन परियार, पूजा कुमाल र निर्जला दराई रहनुभएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चाका स्थानीय नेता चन्द्र सापकोटा, भीमप्रसाद शर्मा र गोविन्दप्रसाद अम्माईसमेतको उपस्थिति रहेको थियो ।