• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

जापानबाट फुटपरस्तको समानान्तर समितिमा बस्नेहरू साधारण सदस्यताबाट निलम्बन


  •   शनिबार, असोज १६, २०७८ मा प्रकाशित
  • मेघराज रिष्मेली, टोकियो ।

    Advertisement

    जापान नेपाली एकता समाजले फुटपरस्त तत्त्वहरूको गतिविधिमा सामेल भई समानान्तर समितिमा बस्नेहरूलाई साधारण सदस्यताबाट निलम्बन गरेको छ ।

    २०७८ असोज १६ गते अध्यक्ष यामलाल सापकोटा तथा महासचिव तेजेन्द्र क्षेत्रीद्वारा जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।

    एकता समाज गत असोज ११ गते अन्तर्राष्ट्रिय नामबाट गरिएको कथित छैटौँ भेलाको विपक्षमा उभिएको छ । समाजले भनेको छ– ‘दुर्गाबहादुर केसी अध्यक्ष, लुमाकान्त पुन महासचिव र सक्तमान बुढाथोकी कोषाध्यक्ष रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाज नै आधिकारिक समिति हो र त्यसैको निर्णय र निर्देशन मान्ने निर्णय भयो ।’

    एवम् प्रकारले एकता समाजको मातहत रहेको रक्तिम विभागका संरक्षक रहेका सचित्र केसीले बिहान आफैले रक्तिमको भेलाको अध्यक्षता गर्ने, साँझ कीर्ते लेटरप्याड प्रयोग गरी फुटपरस्त तत्त्वलाई समर्थन गरेकोमा त्यसलाई गैरजिम्मेवार र द्वैध चरित्र रहेको किटानी गरेको छ ।

    त्यस्तै, प्रेसवक्तव्यमा फुटपरस्त गतिविधिमा सामेल एकता समाजका सदस्यलाई एकपटक स्वविवेक वा बहकाउमा त्यसो गरिएको हो भनी स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआएमा कारबाही गर्ने निर्णय भएको पनि बताइएको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
    “जापान नेपाली एकता समाज, केन्द्रीय समितिको बैठक समितिका अध्यक्ष यामलाल सापकोटाको अध्यक्षतामा २०२१ सेप्टेम्बर ३० का दिन १०ः०१ मा सम्पन्न भयो । केही दिनदेखि अन्तर्राष्ट्रिय नेपाली एकता समाज र जापान नेपाली एकता समाजको वैधानिक धारणा विपरीत फुटपरस्त गतिविधि सामाजिक सञ्जालमा र केही प्रायोजित मिडियामा देखा परेका छन् । त्यसबाट साधारण सदस्य, शुभचिन्तक र सर्वसाधारणमा पर्न सक्ने भ्रमलाई स्पष्ट पार्न यो वक्तव्य जारी गरिएको छ ।

    १. अन्तर्राष्ट्रिय नेपाली एकता समाजको असोज ११ मा भएको भनिएको कथित छैटौँ भेला फुटपरस्त गतिविधिको नमुना हो । यो सङ्गठनभित्रै बसेर सङ्गठन विरोधी गतिविधि गर्ने अराजक र गैरजिम्मेवारीपनको उपज हो । यसबाट हाम्रा सदस्य शुभचिन्तक र सर्वसाधारणलाई कुनै भ्रममा नपर्नु हुन अनुरोध गर्दछौँ । दुर्गाबहादुर केसी अध्यक्ष, लुमाकान्त पुन महासचिव र सक्तमान बुढाथोकी कोषाध्यक्ष रहेको र जापानबाट सालिकराम सापकोटा, गोपाल सापकोटा सदस्य र हेमलाल गौतम सल्लाहकार रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजको समिति नै आधिकारिक समिति हो । त्यही आधिकारिक समितिको निर्णय र निर्देशन मात्रै पालना गर्ने निर्णय भयो ।

    २. रक्तिम सांस्कृतिक अभियान जापान जापान नेपाली एकता समाजको विभाग हो । सो विभागका संरक्षक सचित्र केसीले बिहान पुनर्गठित समितिको घोषणा सभाको अध्यक्षता गर्नुलगत्तै त्यही दिन कथित अन्तर्राष्ट्रिय नेपाली एकता समाजको भेलालाई समर्थन गरी त्यो समितिमा सल्लाहकारमा बस्नुले उहाँमा साङ्गठनिक इमान्दारिता नभएको प्रष्टै देखिन्छ । साथै कीर्ते लेटरप्याडमा नक्कली र भ्रामक वक्तव्य प्रकाशित गराउनु र प्रथम कार्यसमितिको अध्यक्षलाई आफू कहिलेदेखि त्यो नेतृत्वमा बसेको हो भन्नेसम्मको हेक्का नहुनुले उहाँको गैरजिम्मेवार र द्वैध चरित्रलाई थप पुष्टि गर्दछ । उहाँलाई रक्तिम सांस्कृतिक अभियानको संरक्षक र एकता समाजको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्ने निर्णय भयो ।

    ३. फुटपरस्त गतिविधिमा लागेका मान्छेको समर्थन गर्दै सामाजिक सन्जालमा गैरजिम्मेवारीपूर्ण भनाइहरू राख्ने समितिका जिम्मेवार स्थानमा भएका सदस्यहरूलाई उहाँले कसैको बहकाउमा त्यसो गर्नुभयो कि स्वविवेकले हो भन्ने विषयमा स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआएमा उक्त पद र जिम्मेवारीबाट हटाउने निर्णय भयो ।

    ४. अनुशासन र साङ्गठनिक मर्यादा र त्योसँग सम्बन्धित रहेर केही साथीहरूले केही महत्त्वपूर्ण सवाल उठाउनुभयो । त्यस विषयमा पर्याप्त छलफलको आवश्यकता रहेको महसुस गरी पुनः एकपटक उक्त विषयमा मात्रै प्रवेश गरी छलफल गर्ने निर्णय भयो ।

    ५. फुटपरस्त गतिविधिमा लाग्ने साथीहरूको भ्रममा नपर्न आआफ्नो तह र क्षेत्रबाट पहल गर्ने र उक्त गतिविधिमा लागेका मान्छेको पहिचान गरी उनीहरूलाई जोडिएका हाम्रा सामाजिक समूहबाट हटाउने निर्णय भयो । तिनीहरूले गरेको कुनै पनि गतिविधिप्रति हाम्रो नैतिक जिम्मेवारी रहने छैन । उक्त गतिविधिमा लागेको र समानान्तर समितिमा बसेका सबैलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्ने निर्णय भएको जानकारी गराउँछौँ ।”

    शनिबार, असोज १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
    ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम
    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने
    अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त
    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • २.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • ३.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • ४.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ५.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • ६.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ७.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ८.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.