प्युठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को गौमुखी गाउँपालिकाको भेला सम्पन्न भएको छ ।
Advertisement
शुक्रबार गौमुखीको ठुलाबेसीमा सम्पन्न भएको हो । सम्पन्न भेलाले बिक्रम कवरको अध्यक्षतामा २९ सदस्यीय गाउँपालिकास्तरीय समितिको चयन गरेको छ ।

कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता ज्ञामुराम न्यूपाने अखिल (छैठौं) काठमाडौं जिल्ला अध्यक्ष नबिन केसी, राष्ट्रीय जनमोर्चा नारीकोट गाँउ समितिका अध्यक्ष चन्द्र बहादुर केयम अखिल (छैठौं) झिमरूकका अध्यक्ष विश्वास एमसी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता अखिल (छैठौं) गौमुखी अध्यक्ष विक्रम कवर , सञ्चालन सचीन कुँवर र स्वागत अखिल (छैठौं) गौमुखी उच्च माध्यमिक विद्यालयका उपाध्यक्ष कविता पुन मगरले गर्नुभएको थियो ।