शङ्करप्रसाद पोख्रेल ##
तमघास । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको भएकोटमा राष्ट्रिय जनमोर्चाको भेला सम्पनन भएको छ ।
Advertisement
राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्रीको प्रमुख आतिथ्यता तथा अर्का राजमो केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाकी उपाध्यष तारा थापाक्षेत्रीको विशेष आतिथ्यतामा २०७८ असोज ११ गते सो भेला सम्पन्न भएको हो ।
भेलाले तेजवीर थापाको अध्यक्षतामा नौ सदस्यीय राजमोको टोल समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष तुलसी पाण्डे, सचिवमा भीमबहादुर थापा, सहसचिवमा उर्मिला सुनार र कोषाध्यक्षमा दलबहादुर राहाडी रहनुभएको छ भने सदस्यमा किस्न दर्लामी, तिलक थापा र इन्द्रबहादुर राना रहनुभएको छ । सदस्यको एक स्थान रिक्त राखिएको छ ।
भेलामा राजमो कालीगण्डकी गाउँपालिका सूर्य क्षत्रीले पनि मन्तव्य राख्नुभएको थियो ।