• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो : ११ काउण्टर थप


  •   सोमबार, असोज ११, २०७८ मा प्रकाशित
  • अच्युत रेग्मी, काठमाडौं ।
    दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन्छ ।

    Advertisement

    एक निजी कलेजमा अध्ययनरत धनगढीका निशान खड्का आज बिहानै दशैँमा घर जाने टिकट लिन नयाँ बसपार्क पुग्नुभयो । काठमाडौँको चाबहिलमा डेरा लिएर बस्दै आउनुभएका उहाँ बिहान ५ बजे नयाँ बसपार्क पुग्नुभएको थियो । यही असोज २२ गते घर जाने तयारीमा रहनुभएका उहाँले दुई घण्टाको प्रतिक्षापछि टिकट लिनुभयो । औधी खुशी हुँदै उहाँले भन्नुभयो ‘अघिल्ला वर्षभन्दा यस वर्ष टिकट लिन सहज भयो ।’

    काठमाडौँबाट कैलाली हुँदै लम्की जाने तयारीमा रहनुएका आशिष पाण्डे टिकट लिन बिहान ४ बजे अन्यसाथीसहित नयाँ बसपार्क पुग्नुभयो । निजी कम्पनीमा कार्यरत उहाँले यही असोज २५ गते लम्की जानका लागि एकजनाको रु दुईहजार ३५ भाडा तिरेर टिकट लिनुभयो । उहाँ काठमाडौँको पेस्सीकोलाबाट टिकट लिन नयाँ बसपार्क पुग्नुभएको थियो ।

    यस्तै, प्यूठान जानका लागि टीकाराम पोखरेल बिहान ५ः३० बजे नयाँ बसापार्क पुग्नुभयो । जावलाखेल एक निजी कम्पनी नुवाकोटमा कार्यरत उहाँले भन्नुभयो ‘ अघिल्ला वर्षभन्दा यस वर्ष टिकट लिन व्यवस्थित गरिएको रहेछ । टिकट लिन सजिलो भयो ।’

    सरकारले यस वर्षको दशैँका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको सिराहा, सप्तरी, ताप्लेजुङ, इलाम, झापा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको बसपार्कमा लाइन देखिन्थ्यो ।

    गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन । यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको हो । यसका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा ११ टिकट बुकिङ काउण्टर थप गरेको छ ।

    प्रालिका महाप्रबन्धक सुनिल कुँवरले दशैँमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको जानकारीदिनुभयो । गत वर्षमा यात्रुलाई हस्तलिखित टिकट प्रदान गरिँदै आए पनि यसपटक भने हस्तलिखित र प्रविधिमैत्री दुवैखाले टिकट वितरण गरिएको छ ।

    सङ्क्रमण यथावत रहेकाले अग्रिम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्नका लागि लोत्सेले ३४ सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० सुरक्षाकर्मी खटाएको छ ।

    यस्तै, दशैँमा यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म जाने वातावरण निर्माण गर्न गाडीलाई राम्रो किसिमको मर्मतसम्भार गर्नुका साथै माक्स र स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि बसपार्कमा ११ टिकट काउण्टर थप गरेको जानकारीदिनुभयो । बसपार्कबाट हाल ३२ टिकट काउण्टरमार्फत कम्युटर प्रणालीको माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आएको छ ।

    काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमति किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको सो बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले गत वर्षजस्तो यस वर्ष दशैँमा घर जानका लागि अग्रिम टिकट बुकिङका लागि आउने यात्रुको सङ्ख्या कमी भएको जानकारी दिनुभयो । ‘कोरोना सङ्क्रमण र बाटोको दूरावस्थाका कारण गत वर्षका तुलानामा यसवर्ष अग्रिम टिकट लिन आउनेको सङ्ख्या घटेको हुनसक्छ’, उहाँ भन्नुहुन्छ । उहाँ यात्रुलाई टिकट लिएपछि राम्रोसँग आफू जाने गन्तव्यस्थल, मिति र समय हेर्न आग्रह गर्नुहुन्छ ।

    महासचिव सिटौला यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बस थप्दै जाने बताउनुहुन्छ । नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रिम टिकट बुकिङ सुरुआत गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षले राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने जनाएको छ ।(रासस)

    सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.