रामप्रसाद पौडेल, हैदरावाद (भारत) ।
हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका बन्जरा हिल्स, सेकेन्दराबाद ए र सेकेन्दराबाद बी एरिया समितिको संयुक्त एरिया सम्मेलन सम्पन्न भएको छ ।
केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलको प्रमुख आतिथ्यतामा सेप्टेम्बर २६, २०२१ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित श्रमजीवी नेपालीको हकहितमा काम गर्ने सङ्गठन भएको दाबी गर्नुभयो ।
सम्बोधनको क्रममा उहाँले मूल प्रवाहले सामाजिक काम मात्र नभएर विचार र सिद्धान्तको नजिक पुगेर देशभित्र चल्ने विभिन्न समयका आन्दोलनमा प्रत्यक्ष र परोक्ष रूपले ऐक्यबद्धता तथा सहयोग र समर्थन गर्दै आइरहेको पनि बताउनुभयो ।
सो अवसरमा केन्द्रीय सदस्य फूलबिना पौडेल, केन्द्रीय वैकल्पिक सदस्य तथा क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, अर्का केन्द्रीय वैकल्पिक सदस्य भीमबहादुर थापा, केन्द्रीय प्रतिनिधि रतन सिंह, रक्तिम केन्द्रीय विभागका झलक पुन, जनजाति केन्द्रीय विभागका तिलक राना, महिला क्षेत्रीय विभागकी माया थापा, समता क्षेत्रीय विभागका विकास परियार, मध्य नगरका उपाध्यक्ष थानबहादुर क्षेत्री, उत्तर नगर समितिका यामबहादुर थापा, दक्षिण महिला विभागको तर्फबाट गुमाराना, रक्तिम क्षेत्रीय विभागबाट कृष्णकुमारी विक, विद्यार्थी नगर विभागबाट सन्जोग दुलालले बधाइ तथा शुभकामना दिनुभएको थियो ।
राजु दुलालले सञ्चालान गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता धनबहादुर शाहीले तथा स्वागत गङ्गा कडायत र रक्तिमका कलाकारहरूले गर्नुभएको थियो ।
केन्द्रीय प्रतिनिधि रतन सिंहले प्रस्तुत गर्नुभएको थियो प्यानलअनुसार सेकेन्द्रावाद ए एरिया समितिमा अध्यक्ष गङ्गा कडायत, उपाध्यक्ष विजय क्षेत्री, सचिव सविता पौडेल, सहसचिव अशोक बस्याल, कोषाध्यक्ष नवराज पौडेल र सदस्यमा देवेन्द्र केसी, सङ्गिता केसी, राजु कडायत, सपना क्षेत्री र भीमबहादुर नेपाली रहनुभएको छ ।
त्यस्तै, वैकल्पिक सदस्यमा लिल सेन, मीना थापा, नरबहादुर थापा, सुदन नेपाली र राजु गैरे तथा सल्लाहकारमा कविता शर्मा र विष्णु गौतम रहनुभएको छ ।
सेकेन्द्रावाद बी एरियामा धनबहादुर शाहीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमल कुमाल, सचिवमा विकास परियार, सहसचिवमा युवराज भण्डारी, कोषाध्यक्षमा सम्झना दुलाल र सदस्यमा गुमा राना, लीला शाही, भानु बिसी, हिमाल दुलाल, अनिल परियार र नवराज विक रहनुभएको छ ।
एवम् प्रकारले वैकल्पिक सदस्यमा दीपक खत्री र सोनु विक तथा सल्लाहकारमा प्रेम केसी र जगप्रसाद विक रहनुभएको छ ।
बन्जरा हिल्स एरियामा अध्यक्ष कृष्णबहादुर नेपाली रहनुभएको छ भने उपाध्यक्षमा मधु थापा, सचिवमा विक्रम सुनम, सहसचिवमा उमेश दुलाल र कोशाध्यक्षमा कृष्णबहादुर थापा चयन हुनुभएको छ ।
सदस्यमा कमला थापा, दीपेन्द्र थापा, टेकबहादुर पुन, सोबित कुमाल, वैकल्पिक सदस्यमा राजु थापा र जुना थापा तथा सल्लाहकारमा दीपक थापा रहनुभएको छ ।
नवनियुक्त अध्यक्षको तर्फबाट सपथ ग्रहण गरिएको उक्त कार्यक्रममा रक्तिम परिवारले गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।
त्यसैगरी दक्षिण हैदरावाद नगर समितिअन्तर्गत काटेदान एरिया समितिको सोह्रौँ सम्मेलन सम्पन्न भएको छ । केन्द्रीय वैकल्पिक सदस्य भीमबहादुर थापाको प्रमुख आतिथ्यतामा सो सम्मेलन सम्पन्न भएको हो ।
सो अवसरमा उहाँले नेपालमा मात्रै नभएर अनुशासनविहीन, फुटपरस्त तत्त्वहरूले सङ्गठन विरोधी गतिविधि चलाइरहेकोमा त्यसप्रति सजग रहँदै सङ्गठनको झन्डालाई झुक्न नदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नयाँ समितिको प्यानल दक्षिण हैदरावाद नगर समितिका अध्यक्ष वीरबहादुर विकले गर्नुभएको थियो ।
समितिमा अध्यक्ष लीलाबहादुर थापा, उपाध्यक्षमा जितबहादुर थापा, सचिवमा वीरबहादुर विक, सहसचिवमा रामबहादुर राना र कोषाध्यक्षमा केशव पौडेल तथा सदस्यमा पदम भण्डारी, देवेन्द्र थापा, अनिल थापा, रामबहादुर थापा, चन्द्र शाही रहनुभएको छ ।
त्यस्तै, वैकल्पिक सदस्यमा चन्द्र मगर, हरिप्रसाद आचार्य, रोहित क्षेत्री तथा सल्लाहकारमा चन्द्रबहादुर नेपाली, प्रताप मल्ल र ताराप्रसाद कालाथोकी रहनुभएको छ ।
सम्मेलनमा क्षेत्रीय सदस्य कृष्णबहादुर थापा, महिला विभाग क्षेत्रीय समितिका सदस्य जुनुमाया थापा, दक्षिण हैदराबाद नगर समितिका अध्यक्ष वीरबहादुर विक, दक्षिण नगर समितिकै सचिव भुपाल ठाडा रानामगरको पनि आतिथ्यता रहेको थियो ।
सम्मेलन लीलाबहादुर थापाको सञ्चालनमा अघि बढेको घोषणासभाका अध्यक्षको आसन ग्रहण पदम भण्डारीले गर्नुभएको थियो ।
उपस्थित जनसमुदायलाई रोहित क्षेत्री शब्दबाट तथा चन्द्रबहादुर लामिछाने मगर र लीलाबहादुर थापाले गीतबाट स्वागत गर्नुभएको थियो ।
