खिमराज चालिसे ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, श्रीगंगानगर नगर समितिको आयोजनामा प्रशिक्षण सम्पन्न भएको छ ।
अगस्त २६, २०२१ का दिन सम्पन्न उक्त कार्यक्रमको उद्घाटन केन्द्रीय उपाध्यक्ष कपिल खनालले करतल ध्वनिमाझ गर्नुभएको थियो ।
प्रशिक्षणमा उपाध्यक्ष खनालले कार्यकर्ता, समर्थक, शुभचिन्तकसहित आम जनसमुदायलाई मूल प्रवाहको विधान घोषणापत्र, सङ्गठनात्मक सिद्धान्त तथा विभिन्न समसामयिक समस्या र एकता समाजको भूमिकालगायतका विषयमा स्पष्ट पार्दै सङ्गठनलाइ जनस्तरमा अझै घनीभूत पार्ने उद्देश्यअनुरूप प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
त्यसपछि मूलप्रवाहका केन्द्रीय सचिवालय सदस्य एवम् नेपाली समाचारका सहसम्पादक धनवीर पुनले सङ्गठन, अनुशासन तथा समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
केन्द्रीय सचिव त्रिभुवन भट्टराईले एकता समाजको गतिविधिबारे तथा उपाध्यक्ष कपिल खनालले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विषयमा प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य कृष्ण जिसी, महिला क्षेत्रीय विभागकी कोषाध्यक्ष सुनिता भट्टराई, केन्द्रीय पार्षद हुमबहादुर विक, राजमो दाङ गढवा गाउँपालिका उपाध्यक्ष शिवप्रसाद पोख्रेल, महिला क्षेत्रीय विभाग सदस्य बसन्ता नेपालीलगायतको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रम नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेको अध्यक्षतामा तथा नगर सचिव वसन्त भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत हुमबहादुर विक र रक्तिम कलाकारले गर्नुभएको थियो ।


