शंकर प्रसाद पोख्रेल, गुल्मी ।
गुल्मीको तम्घासमा गएराति भएको भारी वर्षाका कारण रेसुङ्गा नगरपलिका–८ खानिगाउँ थुम्का टोलमा पहिरोले घर पुर्दा तीन जनाको ज्यान गएको छ ।
Advertisement
स्थानीय तिलक परियारको घरमा करिब १९ मिटर माथिबाट खसेको पहिरोले घरको तीन वटा कोठा मध्ये बिचको कोठा भत्किई पुरिँदा सो कोठामा सुतेका तीन दिदी बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा वर्ष २१ की भावना परियार, वर्ष १४ का जुम्ल्याहा गंगा र जमुना रहेका छन् ।

घरका अरू सदस्यलाई भने रातिनै नेपाली सेना र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सरेको छ । तिलक परियार, उनकी श्रीमती लालमती र साहिँली छोरी सुजाता शकुसल रहेका छन् ।
स्थानीय, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा ३ जनाकै शव बिहान साढे ४ बजे मृत अवस्थामा निकाली गुल्मी अस्पताल तम्घास पठाईएको प्रहरीले जनाएको छ ।