प्युठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) झिमरुक गाउँपालिकाको प्रथम सम्मेलन झिमरुक–५ मच्छीमा सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले विश्वास एम.सि. को अध्यक्षतामा १३ सदस्यीय गाउँपालिकास्तरीय समितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रविन एम.सि., सचिवमा संदिप वि.क., सहसचिवमा सविता नेपाली र कोषाध्यक्षमा रजत जि.स. लाई चयन गरेको छ । समितिका सदस्यहरुमा संगिता केसी, हिमाल ढकाल, इश्वर घर्तिमगर, प्रकृती वस्नेत, सुदिक्षा भट्टराई , बिपना खत्री, गिता गिरी र सृजना थापा रहनुभएको छ ।
त्यसैगरी सल्लाहकार सदस्यमा गोबिन्द भट्टराई ,नवीन केसी र वसन्त केसी रहनुभएको छ ।

कार्यक्रममा झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जि.सि, अखिल (छैठौं) प्युठानका अध्यक्ष चोप बहादुर विक, अखिल नेपाल किसान संघका सचिव वीर बहादुर जि.सि., गाउँपालिका उपाध्यक्ष पवित्रा जि.सि., वडा अध्यक्षद्वय टीका जि.सि., मिनबहादुर खत्री, युवक संघ झिमरुकका अध्यक्ष भरत ढकाल, एकता समाजका केन्द्रीय सदस्य खिम बहादुर वि.क., वडा सदस्यद्वय नवराज केसी र हेमराज भट्टराई, अखिल (छैठौं) गौमुखी क्याम्पसका पूर्व सचिव रविन एम.सि. लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता अखिल (छैठौं) झिमरुकका अध्यक्ष गोविन्द भट्टराई, सञ्चालन नवीन केसी र स्वागत छैठौंका जिल्ला सदस्य वसन्त केसीले गर्नुभएको थियो ।