काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आज (बुधबार)देखि सुरु भएको भएको छ । असोज ८ सम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार परीक्षार्थी सहभागी हुँदै छन् ।
Advertisement
पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदै छ। परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ ।
परीक्षार्थीका लागि होम सेन्टर व्यवस्था गरिएको छ। जसअनुसार ४ हजार ३१५ वटा परीक्षा केन्द्र तोकिएका छन्।
कोराना महामारीका कारण यस वर्ष कक्षा १२ को परीक्षा ४ महिना ढिला भएको हो । गत जेठमै हुनुपर्ने परीक्षा साउन ३१ का लागि सारिएको थियो, कोरोना जोखिम नघटेकाले फेरि परीक्षाको मिति धकेलिएको हो ।
परीक्षा बोर्डका अनुसार धेरैजसो विद्यार्थीले कोरोनाविरुद्ध खोप लगाइसकेको र संक्रमण पनि कम हुँदै गएकाले परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो ।