खिमराज चालिसे, चण्डीगढ ।
अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नं. ७ नुवाकोट पानडाडा निवासी शुभाष जिसीकी ३० वर्षीय पत्नी पवित्रा जिसी सेप्टेम्बर ६, २०२१ का दिन चण्डीगढ सेक्टर–२१ बाट हराएकी छिन् ।
Advertisement
५ फुट उचाइ। गहुँगोरो वर्ण भएकी पवित्रा अर्घाखाँचीतिर नै रहेको शङ्का उनका पतिले गरेका छन् ।
११ वर्षको छोरी र ७ वर्षको छोरासमेत छोडेर एक्कासि हराएकी पवित्राको खोजीकार्यमा सहयोग गर्न शुभाष जिसीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, चण्डीगढ नगर समितिमा निवेदन दिएका छन् ।
उनी भेटिएमा भारतमा नजिकको मूल प्रवाहको कार्यालय र शुभाष जिसी +९१ ७६९६८३३११२, ७३४७२७७७३२ वा नेपालमा राजमोको कार्यालयमा खबर गरिदिनुहुन मूल प्रवाहले आग्रह गरेको छ ।

