• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दार्चुला–तिंकर सडकमा नेपाली सेनाले काम सुरु गर्दै


  •   सोमबार, भदौ २८, २०७८ मा प्रकाशित
  • नरेन्द्रसिंह कार्की, खलङ्गा (दार्चुला) ।
    यहाँबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा–तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल–भारत–चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्दै छ ।

    Advertisement

    नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजनानुसार नेपाली सेना निर्माणस्थलमा खटिएको छ । निर्माण सामग्री ढुवानीमा केही ढिलाइ भएको हुँदा केही दिनभित्रै तीव्रगतिमा निर्माणको काम अघि बढ्ने नेपाली सेनाका सहायक रथी एवम् सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताउनुभयो ।

    अहिले निर्माणस्थलमा नेपाली सेना खटिसकेको जनाइएको छ । केही दिनअघि मात्रै नेपाली सेनाको हेलिकप्टरले निर्माण सामग्री सडक निर्माणस्थलमा पु¥याएको छ । मालका स्थानीय नरेन्द्रसिंह धामीका अनुसार अहिले १५/२० जना सैनिकले मालको ठन्डा ओडारबाट निर्माण कार्य सुरु गर्दै छन् । सडक निर्माणमा प्रयोग हुने सामग्री मालको कोठेधार, सेकनाडी मालमा हेलिकप्टरमार्फत छाडिएको छ ।

    स्थानीयवासीका अनुसार आगामी असोज १ गतेदेखि स्थानीय श्रमिक पनि नेपाली सेनासँगै काममा लगाउने तयारी गरिएको छ ।

    वि.सं. २०६५ मा स्वीकृत भएको सो सडक निर्माणले हालसम्म गति लिन सकेको छैन । महाकाली लोकमार्ग, महाकाली करिडोरअन्तर्गत पर्ने उक्त सडक निर्माण सुरु भएको १३ वर्ष भइसकेको छ । यो अवधिमा ४३ किलोमिटर हाराहारीमा सडक निर्माणको ट्रयाक खुलाइएको छ । सदरमुकाम खलङ्गदेखि १३० किलोमिटर लम्बाइको रहेको सो सडक खण्डको ४३ किलोमिटर सडक विभाग आफैले बनाउँदै छ भने बाँकी ८७ किलोमिटर नेपाली सेनाले बनाउने भएको हो ।

    यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने बताइएको छ । दार्चुला–तिङ्कर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सहज हुने छ । चीनसँगको सीधा व्यापार गर्न सहज हुने दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष मङ्गलसिंह ठगुन्ना बताउनुहुन्छ ।

    ‘विगतमा यो क्षेत्रमा घोरेटो बाटो भएर चीनबाट समान आयात हुन्थ्यो’ उहाँले भन्नुभयो– ‘अहिले घोरेटो बाटो नै अवरुद्व भएपछि चीनसँगको व्यापार घटेको छ ।’

    व्यासका बासिन्दा बिमल बोहराका अनुसार चीनले अहिले नेपाल–चीन सीमा रहेको पिलर नं. १ नजिकै चीनले आफ्नो भूभागमा सडक निर्माण गरेको छ । नेपाल सरकारले पनि समयमै तिङ्करसम्म सडक पुर्याएको यहाँको व्यापार फस्टाउने छ । चालु आवदेखि सो खण्डमा तीव्रताका साथ काम अघि बढ्ने सैनिक प्रवक्ता पौडेल बताउनुहुन्छ । सो सडकको करिब ३० किलोमिटर क्षेत्र उत्तराखण्डसँगको सिमाना नजिकै छ । सेनाले सडक निर्मााणका लागि चाहिने विष्फोटक पदार्थ, कम्प्रेसरलगायतका समान ढुवानी गर्दै छ ।

    ‘आशा छ, अब काम तीव्र रूपमा अघि बढ्छ’ पौडेलले भन्नुभयो ।

    महाकाली लोकमार्गअन्तर्गत सुदूर पश्चिमको कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको तिङ्कर जोडिँदै छ । यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने छ । सरकारले गत २०७७ वैशाख २४ गते मन्त्रिपरिषद्को निर्णयानुसार यो सडकको काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको हो । सडक निर्माणका लागि सेनाले सुन्सेरा र दुम्लिङमा गरी दुई क्याम्प राखेको छ । सडक निर्माणका लागि सेनाको विकास निर्माण निर्देशनालयको सैनिक टोली खटिएको छ ।

    सीमास्तम्भ नजिकै चीनले सडक पुर्याएपछि खुसी
    चीनले दार्चुलाको व्यास गाउँपालिकाको तिङ्कर भञ्ज्याङ नेपाल–चीन सीमास्तम्भ नजिकै सडक पुर्याएपछि जिल्लावासी खुसी भएका छन् । व्यास–१ तिङ्करको एक नं. पिलर नजिकै चीनले सडक पुर्याएपछि ताक्लाकोटसम्मको व्यापारमा सहज हुने भएपछि जिल्लावासी खुसी भएका हुन् ।

    चीनको स्वशासित क्षेत्र तिब्बतको पुराङकाउन्टी ताक्लाकोट हुँदै नेपाल जोड्ने गरी चीनले सडक पुर्याएको छ । चीनले पिलरसम्म सडक पुर्याउँदा नेपाली व्यापारीलाई धेरै सहज भएको व्यासका दानसिंह तिङ्करीले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘पिलरको थोरै तल सडक पुगेको छ, अब व्यापार व्यवसायमा नेपालीलाई सहज हुने भएको छ, हामीले घण्टौँ हिडेर चीनको गाडी चल्न मिल्थ्यो’ तिङ्करीले भन्नुभयो– ‘अहिले सडक पुगेको हामी सबैका लागि खुसीको कुरा हो ।’

    अहिले यो नाका कोरोनाका कारण बन्द छ । चीनसँगको नाका बन्द हुनुअघिसम्म छाङरू र तिङ्करका स्थानीयवासीले चीनको समान ल्याएर व्यापार गर्थे । उनीहरू गाडी नचल्ने ठाउँसम्म घोडा खच्चड लगेर समान ल्याउँथे । उसो त छाङरू र तिङ्करमा अहिले पनि चिनियाँ समान सहजै उपलब्ध हुने गरेको छ ।

    नेपाल र भारतको भन्दा सस्तो मूल्यमा छाङरू तथा तिङ्करमा चिनियाँ समान पुग्ने गर्छ । दुई वर्षअघिसम्म यहाँका व्यापारीले चीनको ताक्लाकोटबाट ल्याएका समान दार्चुला, धारचुला, तथा जौलजीवी, मुन्स्यारीलगायतका क्षेत्रमा लाग्ने मेलामा राम्रो कारोवार हुने गरेको थियो ।

    कोरोनाले नाका बन्द हुनुअघि छागरू तिङ्करका ४०/५० जनाले चीनको ताक्लाकोटमा व्यापार गर्थे ।

    ताक्लाकोटमा निरन्तर व्यापार गर्दै आउनुभएका बिमल बोहराले भन्नुभयो– ‘छाङरू र तिङ्करका स्थानीयवासी वैशाखदेखि कात्तिकसम्म ताक्लाकोट बसेर व्यापार गथ्र्यौं, कोरोना अघिसम्म चीनले टप्फुनजिकै सडक पुर्याएको थियो, अहिले त्यो भन्दाअघि बढेको छ, सडक पिलरसम्म पुग्यो भने व्यापारीलाई झनै सहज हुन्छ । अहिले पिलरबाट थोरै तल झर्नेबित्तिकै चीनले बनाएको सडक देखिन्छ । त्यो क्षेत्रसम्म गाडी चल्ने गर्छन् । चीनले सीमामा बोर्डर प्रहरी राखेर निगरानी गरिरहेको छ । (रासस)

    सोमबार, भदौ २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.