काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका अन्तर्गत अन्तर विद्यालय मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा ३६ केजी तौल समूहमा फेरिल्याण्ड इन्टरनेसनल स्कुलकी छात्रा कृतिका कटुवाल प्रथम भएकी छन् ।
यस्तै, २५ केजी तौल समूहमा सोही विद्यालयका सुवास तामाङ पनि प्रथम भएका छन् भने ३५ केजी तौल समूहमा सुशील रानामगर द्वित्तिय भएका छन् ।
बूढानीलकण्ठ नगरपालिका–१० मा रहेको फेरिल्याण्डकी छात्रा कृतिकाले विभिन्न राष्ट्रिय प्रतियोगितामा समेत पदक जितेकी छन् ।
८ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा फेरिल्याण्ड स्कुलले समग्रमा तेस्रो स्थान हासिल गरेको विद्यालयका खेल शिक्षक दीपक दुलालले जानकारी दिनुभयो ।
कपन तेक्वान्दो डोजाङले पायोनियर स्कूलमा आयोजना गरेको ‘चौथो नेपाल टाइगर अन्तर मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिता’ मा बालउद्धार माध्यमिक विद्यालय प्रथम, ओटर स्कुल द्वित्तीय र फेरिल्याण्ड तृतीय भएका हुन् । प्रतियोगितामा विभिन्न तौल समूहका गरी १०० जना प्रतियोगी सहभागी थिए ।