प्युठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) प्युठानको १९औं जिल्ला सम्मेलन यही असोज १९ गते हुने भएको छ । संगठनको हालै विजुवारमा सम्पन्न भेलाले सम्मेलन गर्ने निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष चोप बहादुर विकको अध्यक्षतामा सम्पन्न भेलाले विभिन्न कामहरुको जिम्मेवारी समेत बाँडफाँड गरेको छ । सम्मेलनमा सांगठनिक प्रतिवेदन लेखनको लागि चोप बहादुर विक, आर्थिक प्रतिवेदनको लागि केशव बुढाथोकी र आगामी कार्यक्रमबारे नवीन क्षेत्रीलाई जिम्मेवारी दिइएको छ ।
भेलाले चोप बहादुर विकको अध्यक्षतामा १३ सदस्यीय सम्मेलन आयोजक तथा मूल व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा केशव वुढाथोकी, नवीन क्षेत्री, वसन्त केसी, लक्ष्मण पुन, श्रीधर भण्डारी, विश्वास एमसी, सुनिता भण्डारी, सुदन भुसाल, सरस्वता पौडेल, निशा रोका, सुवाश विक, अंकित थापा रहनुभएको छ ।
सम्मेलन तयारीको सिलसिलामा जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा अखिल (छैठौं) को भेला तथा सम्मेलन गर्ने निर्णय समेत गरेको अखिल (छैठौं) प्युठानले जनाएको छ ।
हाल अखिल (छैठौं) आफ्नो २२ औँ राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । राष्ट्रिय सम्मेलन आगामी असोज २२,२३ र २४ गते बुटवलमा हुने छैठौंले जानकारी दिएको छ ।