सुर्खेत । राष्ट्रिय जनमोर्चाले देशब्यापी आयोजना गरेको एमसीसी विरुद्धकोका कार्यक्रम अन्तर्गत मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विरोध जुलुश र सभा सम्पन्न भएको छ । मङ्गलगढी चोक हुँदै जुलुशले बजार परिक्रमा गरी वीरेन्द्रचोकमा पुगि सभामा परिणत भएको थियो ।
विरोध सभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा नेता शर्माले देशको सार्वभौमिकता विरुद्धको विदेशी सहयोग कुनैपनि हालतमा स्वीकार गर्न नसकिने बताउनुभयो ।
कार्यक्रमलाई राजमो कर्णाली प्रदेश अध्यक्ष भरत शाही, अखिल (छैठौं) का केन्द्रीय सदस्य हरी बुढा, राजमो जिल्ला कोषाध्यक्ष बिष्णु शर्मालगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य धर्मराज दानीको सञ्चालनमा भएको सभामा राजमोका केन्द्रीय सदस्य रत्नबिक्रम राना प्यासी, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य कृष्णा रावल, राजमो कर्णाली प्रदेश कोषाध्यक्ष घनप्रसाद देवकोटा, राजमो जिल्ला अध्यक्ष गोविन्द प्रसाद सुबेदी, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य पूर्णबहादुर शाही, अखिल नेपाल वुद्विजीवि संघका केन्द्रीय सदस्य भानुभक्त भारती, राजमो वैकल्पिक केन्द्रीय सदस्य कमल विक्रम शाही, राजमो जिल्ला उपाध्यक्ष कबिराजको लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।