नविन क्षेत्री, इटहरी ।
राष्ट्रिय जनमोर्चाले सुनसरीको इटहरीमा पनि एमसीसीविरुद्व विरोभ सभा गरेको छ ।
Advertisement
राजमोद्वारा घोषित देशव्यापी कार्यक्रम अन्तर्गत एमसीसी सम्झौता खारेजीको माग गर्दै राजमो १ नम्बर प्रदेश समितिले मंगलबार इटहरी चौकमा विरोध सभा सम्पन्न गरेको हो ।
उक्त कार्यक्रमलाई राजमो प्रदेश नम्बर १ का अध्यक्ष अमृत पाण्डेले सम्बोधन गर्नु भयो । कार्यक्रमको सञ्चालन प्रदेश सचिव विशाल पहाडीले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (मसाल) १ नम्बर प्रदेशका प्रवक्ता योगेन्द्र ढकाल लगायत राजमो प्रदेश नम्बर १ का नेताहरुको उपस्थिति थियो रहेको थियो ।