हरिप्रसाद सापकोटा, बारा ।
एमसीसी सम्झौता खारेजीको माग गर्दै बारामा पनि राष्ट्रिय जनमोर्चाले विरोध प्रदर्शन गरेको छ ।
बारा जिल्लाको १४ नम्बर रजघट्टाबाट नारा जुलुश सहित शुरु भएको विरोध कार्यक्रम १५ नम्बरको हात्तिसार बजारमा पुगि सभामा परिणत भएको थियो ।
विरोध सभालाई राजमो केन्द्रीय सदस्य देवी सुवेदी र वैकल्पिक केन्द्रीय सदस्य धर्मानन्द सुवेदी, प्रदेस सदस्य कर्ण थापा, नेकपा (मसाल) का जिल्ला प्रवक्ता रमेश भट्टराई, राजमो बाराका सचिव जिवन भट्टराईलगायत वक्ताहरुले राष्ट्रघाती सम्झौता देश हित बिपरित रहेको भन्दै सबै नेपाली एकजुट भएर आन्दोलन गर्नुपर्ने बताउनु भयो ।
प्रवासबाट आउनु भएका रक्तिमका कलाकार याम बहादुर केसीको नेतृत्वमा रक्तिम गित प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता बामपंथी नेता शेरबहादुर कार्की र सञ्चालन हरि प्रसाद सापकोटाले गर्नु भएको थियो ।