कमल पौडेल, प्युठान ।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीले नेपाललाई साम्राज्यवादीको अखडा नबनाउन चेतावनी दिनुभएको छ । उहाँले केही सिमित व्यक्तिहरुको स्वमर्थको लागि नेपाली जनताको अहित हुने कुनै पनि गलत कुरालाई परास्त गर्न नेपाली जनता एकजुट हुनुपर्ने बताउनु भयो ।
मंगलबार राष्ट्रिय जनमोर्चाले प्युठानको सदरमुकाम खलंगामा आयोजना गरेको एमसीसी विरुद्धको सभालाई सम्बोधन गर्दै खत्रीले एमसीसी खारेज गर्न देशैभरबाट दबाब दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई राजमो लुम्बिनी प्रदेश सदस्य तथा झिम्रुक गाउँपालिका अध्यक्ष तिलक जिसी, राजमो जिल्ला कोषाध्यक्ष कृष्ण श्रेष्ठ, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य हुमलाल नेपाली, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव अम्मरध्वज राना, जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशव आचार्य लगायतका वक्ताहरुले सम्बोधन गर्दै एमसीसी तत्काल खारेज गर्नुपर्ने जोड दिनु भएको थियोे ।
पार्टी चोकबाट सुरु भयको र्यालीले खलंगा बजार परिक्रमा गर्दै पुनः पार्टी चोकमा पुगि सभामा परिणत भएको थियोे।
विरोध सभा राजमो प्युठानका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता र सचिव बिदुर मल्लको सञ्चालनमा सम्पन्न भएको थियोे ।