रौतहट । राष्ट्रिय जनमोर्चा देशब्यापी रुपमा आयोजना गरेको एमसीसीविरुद्धको प्रदर्शन अन्तर्गत मंगलबारु रौतहटमा पनि विरोध सभा सम्पन्न गरिएको छ ।
Advertisement
राजमोको देशव्यापी कार्यक्रम अन्तरगत रौतहटको झुनखुन्वा चौकमा विरोध सभा सम्पन्न भएको हो । विरोध कार्यक्रमलाई राजमो जिल्ला अध्यक्ष हरिकिशोर महतोले सम्बोधन गर्नु भएको थियो ।
जिल्ला सदस्य नेकम हमदको सञ्चालनमा अघि बढेको विरोध कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका जिल्ला अध्यक्ष शेख नुरुलहक लगायत नेताहरुको उपस्थिति रहेको थियो ।