• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमसिसी टेबल गरे आन्दोलनको आँधीबेहरी ल्याउने छ किसान संगठनको चेतावनी


  •   मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
  • काठमाडौँ । देशका छ किसान सङ्गठनहरूले एमसिसी संसदमा गरे आन्दोलनको आँधीबेहरी सृजना गर्ने चेतावनी दिएका छन् ।

    Advertisement

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका छ किसान सङ्गठनहरूले २०७८ भदौ २२ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

    वक्तव्यमा उनीहरूले गृह मन्त्रालयले एमसिसीको विरोध गर्नेलाई सूक्ष्म निगरानी गर्ने सूचना जारी गरेकोमा त्यसप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् । उनीहरू यस सम्बन्धमा गृह मन्त्रालयलाई जनतासामु माफी माग्दै सो सूचना तत्कालै फिर्ता लिन पनि माग गरेका छन् ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी, अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण राना, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी–केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ र अखिल नेपाल किसान महासङ्घका महासचिव बलराम बाँस्कोटाले प्रेसवक्तव्यमा हस्ताक्षर गरेका छन् ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
    “नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नामक अमेरिकी परियोजनाबाट सहयोग लिने गरी राष्ट्रिय हित विपरीत विवादित सम्झौता गरेको कुरा सर्वविदितै छ । तर केही राजनीतिक दलको गम्भीर असहमति र नेपाली जनताको व्यापक प्रतिरोधका कारण गत लामो समयदेखि संसदमा प्रस्तुत नभएको सो सम्झौतालाई जनभावना विपरीत जबरजस्ती संसदबाट अनुमोदन गर्न लागिएको भन्ने समाचार आइरहेको र एमसिसीको विरोध गर्न नपाइने र गर्नेलाई नेपाल सरकारले सूक्ष्म रूपले निगरानी गरिरहेको भन्ने नेपाल सरकार, गृह मन्त्रालयद्वारा पटक–पटक जारी गरिएका विज्ञप्तिप्रति देशका जिम्मेवार किसान सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

    एमसिसी विश्वव्यापी रूपमै विवादित एक अमेरिकी सहयोग संस्था हो । संसारका अधिकांश देश यसमा सहभागी भएका छैनन् भने श्रीलङ्कासहितका विभिन्न देशले सम्झौता गर्नुको बाबजुद पनि यसलाई लागु गरेनन्, बरु ठाडै अस्वीकार गरे । यो परियोजना नेपालको छिमेकी राष्ट्र जनवादी गणतन्त्र चीनलाई घेरा हाल्ने, विखण्डित गर्ने र ध्वस्त पार्ने योजनाअन्तर्गत अघि सारिएको हिन्दप्रसान्त रणनीति (इन्डो–प्यासिफिक स्ट्राटेजी–आइपिएस) को अङ्ग भएको कुरा तत्कालीन अमेरिकी विदेश मन्त्रालयका पदाधिकारी, एमसिसीका पदाधिकारी र अन्य कूटनीतिज्ञले पटक पटक भनेको कुरा सबैलाई अवगत नै छ ।

    यो परियोजना लागु गर्नका लागि नेपालमा सरकारको समानान्तरमा एमसिसीको कार्यालय (एमसिए–नेपाल) खोलिएको छ । यो परियोजना नेपालको कानुन र संविधानभन्दा माथि रहने र नेपालको घोर अपमान हुने गरी तयार गरिएको छ भने यसको आर्थिक हिसाबकिताब नेपाल सरकार र महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण गर्न नपाउने व्यवस्था छ । यसमा भ्रष्टाचार भएमा नेपालको अख्तियार दुरुपयोग नियन्त्रण आयोगले कुनै कारबाही गर्न सक्दैन । यस परियोजनामा संलग्न कुनै पनि पदाधिकारी वा व्यक्तिले जस्तोसुकै जघन्य अपराध गरे पनि नेपालको कानुनअनुसार कारबाही चलाउन नपाउने व्यवस्था गरिएको छ । यी व्यवस्था आफैमा अत्यन्तै सन्दिग्ध र घोर दुराशयपूर्ण छन् ।

    त्यसरी नै सम्झौताका सम्पूर्ण निर्माण कार्य एमसिएले आफै ठेक्कामालगाउने, परियोजना क्षेत्रमा सम्पूर्ण अधिकार कायम गर्ने, सम्झौता अवधिभर परियोजना क्षेत्रको सम्पूर्ण जमिन र जमिनमुनि पूर्ण अधिकार जमाउने र निर्माणको क्रममा प्राप्त हुने सम्पूर्ण बहुमूल्य वस्तु तथा कच्चा पदार्थ र सम्पूर्ण बौद्धिक सम्पत्तिमा एमसिए (अमेरिका) को स्वामित्व स्थापित हुने कुरा सम्झौतामा प्रष्ट भाषामा लेखिएको छ ।
    यस्ता विकास परियोजना संसदबाट अनुमोदन गर्नु आवश्यक हुँदैन, तर यस सम्झौतामा एकातिर संसदबाट अनुमोदन गराउने सर्त अघि सारिएको छ भने अर्कोतर्फ संसदबाट सम्झौता अनुमोदन नहुँदै, नेपालका जिम्मेवार राजनीतिक दलका साथै आम जनताले विरोध गर्नुको बाबजुद कार्यालय सञ्चालन गर्ने र जग्गा अधिग्रहण गर्नेलगायतका काम अवैधानिक तबरले बलजफ्ती अगाडि बढाइएको छ, जसले आम नेपाली जनताले गरेको आशङ्कामा थप बल प्रदान गरेको छ ।

    परियोजना सुरक्षाको नाममा अमेरिकी सैनिकलाई मुलुकमा भित्राउने र नेपाली कम्युनिस्ट तथा मित्रराष्ट्र चीनका विरुद्ध गतिविधि सञ्चालन गरिने सम्भावनासमेत नकार्न सकिँदैन । यतिबेला अमेरिकी सैन्य अधिकारीले केपी ओली सरकारको पालामा नेपालमा आफनो स्थलसेनाको क्याम्प राख्न वार्ता भइरहेको बताएको, तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अमेरिका भ्रमण गरेपछि उनको तस्बिरसहित नेपाल हिन्दप्रसान्त रणनीति (आइपिएस) मा सहभागी हुन सहमत भएको भन्दै अमेरिकी सरकारी दस्तावेज प्रकाशित भएको र तत्कालीन अर्थमन्त्री युवराज खतिवडाद्वारा सो सम्झौताका केही पूरक सम्झौता गरेको र ती राष्ट्रघाती सम्झौतालाई गोप्य राखिएको कुरा पनि स्मरणीय छ । यस्ता थुप्रै विवादित विषय भएको एमसिसी सम्झौता नेपालको राष्ट्र, राष्ट्रियता र नेपाली जनताको सार्वभौमसत्ताको विरुद्धमा छ भने राष्ट्रघाती, मित्रघाती र अमेरिकी साम्राज्यवादपरस्त छ ।

    आम नेपाली जनताले नेपालको संविधानअनुसार प्राप्त अधिकारको प्रयोग गर्दै यस सम्झौताको व्यापक विरोध गरिरहेको बेला गृह मन्त्रालयद्वारा एमसिसीको विरोध गर्न र त्यस विरुद्ध प्रदर्शनमा भाग लिन नपाउने उल्लेख गर्दै एमसिसीको विरोध गर्नेको सूक्ष्म निगरानी गरिने भन्ने जस्तो पञ्चायती शैलीका धम्कीपूर्ण वक्तव्य प्रायोजित रूपमा पटक पटक जारी गरिएकाले हामी गृह मन्त्रालयको सो खेदजनक कार्यको घोर निन्दा तथा भत्र्सना गर्दछौँ र सो कायरतापूर्ण घोषणालाई तत्काल फिर्ता लिई नेपाली जनतासँग माफी माग्न पनि गृह मन्त्रालयसमक्ष जोडदार माग गर्दछौँ ।

    जुनसुकै दातृनिकायले दिने, जतिसुकै ठुलो परियोजना वा जतिसुकै धेरै रकम होस्, त्यो हाम्रो राष्ट्रिय स्वाभिमान, स्वाधीनता र देशको गरिमाभन्दा माथि हुन सक्दैन । नेपाल र नेपाली जनताको सार्वभौमसत्ता अतिक्रमण हुने, छिमेकी राष्ट्र चीन वा अन्य देशको विरुद्ध नेपाली भूमिलाई प्रयोग गर्ने, कुनै साम्राज्यवादी सैन्य गठबन्धनमा सहभागी हुने र नेपाललाई विदेशी सेनाको परेडस्थल बनाउने कुनै पनि सम्झौता र विकास परियोजना स्वाभिमानी नेपालीलाई कदाचित स्वीकार्य हुन सक्दैन ।

    तसर्थ नेपालको सार्वभौसत्ता, संविधान, जनताको हक, हित र अधिकार विपरीतको यो सम्झौता अविलम्व खारेज गर्नका लागि हामी नेपाल सरकार तथा मुलुकका मुख्य राजनीतिक दलहरूसमक्ष जोडदार माग गर्दछौँ । त्यसरी नै एमसिसी सम्झौता संसदमा टेबल नगर्न सङ्घीय संसदका सभामुखसमक्ष अनुरोध गर्न चाहन्छौँ । यदि आम जनताको भावना विपरीत संसदबाट बलजफ्ती अनुमोदन गर्न खोजिएमा देशको दुईतिहाइ जनसङ्ख्याको प्रतिनिधित्व गर्ने हामी किसान सङ्गठनहरू सङ्घर्षको आँधीबेहरी सिर्जना गर्न बाध्य हुने र एमसिसीलाई परियोजना क्षेत्रमा लागु गर्न नदिने कुरा नेपाल सरकार, सङ्घीय संसदका सभामुख तथा सदस्य र जिम्मेवार राजनीतिक दलहरूलाई स्पष्ट गर्न चाहन्छौँ ।

    सङ्गीनको बलमा शासन गरेका जहानियाँ निरङ्कुश राणाशाही, निर्दलीय पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रलाई समाप्त गरेका नेपाली जनताको अभिमतलाई कुल्चेर एमसिसी लागु गर्न र एमसिसी विरोधीको निगरानी गर्ने धम्की दिँदै बलजफ्ती गर्न खोजिएमा आफ्ना हकहित र अधिकारका लागि नेपाली किसानहरू जस्तोसुकै जोखिम मोल्न र मूल्य चुकाउन पनि तयार रहेको कुरा यसै विज्ञप्तिमार्फत सार्वजनिक गर्न चाहन्छौँ ।”

    मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.