खाँदबारी । राष्ट्रिय जनमोर्चा सङ्खुवासभाले एमसिसीको विरोधमा सभा सम्पन्न गरेको छ ।
Advertisement
भदौ २२ गते केन्द्रीय निर्देशनअनुसार सम्पन्न सो कार्यक्रममा राजमो केन्द्रीय सदस्य हेमकुमार गुरुङले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा सम्बोधन गर्दै उहाँले देउवा सरकारले एमसिसी संसदमा टेबुल गरेमा त्यसको विरोधमा सांसदहरूले सदन बहिष्कार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रम दीपक कटवालको सञ्चालन तथा लीलाबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमपूर्व जुलुस प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरू खाँदबारी बजार परिक्रममा गर्दै भानुचोकमा पुगेर सभामा परिणत भएका थिए ।