गणेश अधिकारी, पोखरा ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले एमसीसीभित्र अमेरिकाको खतरनाक रणनीति लुकेको बताउनुभएको छ ।
मंगलबार पोखराको पृथ्वीचोकमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उहाँले एमसीसी देशलाई समृद्ध बनाउने नभई इन्डोप्यासिफिक रणनीतिको अंग बनाउने खतरनाक उद्धेस्य रहेको दाबी गर्नुभयो ।
देशका मुख्य राजनीतिक पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्र लगाएतका दलहरु संसदबाट एमसीसी पास गराउन लागि परेको बताउँदै एमसीसी संसदबाट पास गरे नेपाली जनताले कदापि माफ गर्नेछैनन् भन्नुभयो ।
अफगानिस्तान जस्ता देशहरुले अमेरिकी साम्राज्यवादी षडयन्त्रको शिकार हुँदा २० वर्ष लामो द्वन्द्वको पीडा भोग्नु परेको दृश्य सबैलाई घाम जतिकै छर्लङ्ग भएको उहाँको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य नाम बहादुर बाठा मगरले सम्बोधन गर्नु भएको थियो ।
राजमो कास्कीका अध्यक्ष रबिमोहन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव विक्रम थापाले गर्नु भएको थियो ।