खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित सिरसा नगर समितिको भेला सम्पन्न भएको छ । भेलाले मूल प्रवाहसहित, महिला, विद्यार्थी तथा समता विभागका नगर समितिहरू पुनर्गठन गरेको छ ।
कार्यक्रमलाई मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले ब्यानर खोलेर उद्घाटन गर्नुभएको थियो । सो क्रममा मन्तव्य राख्दै भट्टराईले विभिन्न खाले अवसरवादका विरुद्ब एकजुट हुँदै संगठनलाई अझ तीब्र गतिमा विस्तार गर्नुपर्नेमा जोड दिनु भयो ।
भेलामा विभिन्न समसामयिक विषयमा व्यापक छलफल पछि मूल प्रवाहको नगर समिति तथा विभिन्न विभागहरुको पुनर्गठन गरिएको छ ।
मूल प्रवाह सिरसा नगर समिति
नगर भेलाले अजीत बुढामगरको अध्यक्षतामा १७ सदस्यीय सिरसा नगर संगठन समिति निर्माण गरेको छ । समितिको उपाध्यक्ष गोपाल सोनी, सचिव कृष्ण बराल, सह सचिव सुरेश विक कोषाध्यक्ष शंकरलाल गौतम, सदस्य हरुमा रबि सोनी, प्रेम नेपाली, विजय विक, बालु कार्की, प्रकाश खड्का, सन्दीप विक, लाला थापा, सोमनाथ विक, कमला सोनी, कुसुम विक, रानी देवी, कमना सुनार, विना गौतम, बसन्त सुनार, गिता विक, रिता सुनार, कल्पना सुनार र पप्पु विक रहनु भएको छ।
महिला नगर विभाग
भेलाले कमला सुनारको संयोजकत्वमा १३ सदस्यीय महिला विभागको गठन गरेको छ । विभागका सदस्यहरु कुसुम विक, रानीदेवी, गिता विक, कल्पना वर्मा, रिता विक, मीना विक, बिमला नेपाली, सपना विक, शिला शर्मा, कल्पना नेपाली, गुड्डी देवी, र करिना विक रहनु भएको छ।
समता नगर विभाग
संयोजक सुरेश विक, सदस्यहरु मा प्रेम विक, सन्दीप शर्मा, सोमनाथ वर्मा, गोपाल सुनार, रबी शर्मा, गणेश सोनि विक, अरुण, सुरज सुनार, शंकरलाल सुनार र एक रिक्त गरी ११ सदस्यीय समता विभाग गठन गरिएको छ ।
अखिल भारत नेपाली विद्यार्थी संघ
अध्यक्ष अंकित विक, सचिव विशाल शर्मा, कोषाध्यक्ष बबिन गौतम, सदस्यहरुमा कल्पना नेपाली, मुकेश नेपाली, दिव्या नेपाली, एसिका नेपाली, भावना, देवि नेपाली, प्रथम, पृथ्वी, पुजा शर्मा, शिला, आषिश शर्मा र बबिता विक गरी १५ सदस्यीय विद्यार्थी नगर संगठन समिति निर्माण गरेको छ।
अजित बुढामगरको अध्यक्षता तथा गोपाल सोनीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शंकरलाल गौतमले स्वागत गर्नु भएको थियो ।