शंकर प्रसाद पोख्रेल, प्युठान ।
राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगरपालिका –५ को आयोजनामा संयुक्त प्रशिक्षण भेला सम्पन्न भएको छ ।
Advertisement
सोमबार सम्पन्न कार्यक्रममा राजमो लुम्बिनी प्रदेशका संयोजक बोमबहादुर खत्री, वामपन्थी नेता सुरेस थापा र राजमो जिल्ला सदस्य तथा स्वर्गद्वारी नगर पालिका २ का वडा अध्यक्ष मिनराज रानाले विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा राजमो जिल्ला सदस्य तथा स्वर्गद्वारी नगरपालिका– ६ का वडा अध्यक्ष गिरबहादुर गुरुङ, नगर सदस्य शिव पन्थी र अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य बुद्धिराम पुनको आतिथ्यता रहेको थियो ।
नगर सचिव गंगाराम बिसीको सञ्चालन तथा वडा समिति अध्यक्ष खेतबहादुर राहुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।