खिमराज चालिसे, चण्डीगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, सुदूर पश्चिमोत्तर महिला क्षेत्रिय विभागकी कोषाध्यक्ष सुनिता भट्टराईकी पिता तथा केन्द्रीय सचिव त्रिभुवन भट्टराईको ससुराबुबा छविलाल पोख्रेलको निधनको एघारौँ दिनमा अगस्त २९, २०२१ का दिन राजस्थानको श्रीगंगानगरस्थित भट्टराई निवासमा शोकसभा सम्पन्न भएको छ ।
त्रिभुवन भट्टराईको अध्यक्षतामा तथा बसन्त भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा छविलाल पोख्रेलको रूढीवादी संस्कार विरुद्ध प्रगतिशील विचारप्रतिको लगावले नै छोरीको प्रगतिशील विवाहको आधार तयार गरेको स्मरण गर्दै उहाँको जीवनीबारे मूल प्रवाह नेपाली एकता समाजका केन्द्रीय सदस्य कृष्ण जिसीले स्पष्ट पार्नुभएको थियो ।
दाङ लमही नगरपालिका वडा नम्बर १ श्रीगैं निवासी ७८ वर्षीय मृतक पोख्रेल राजमोको सदस्य पनि हुनुहुन्थ्यो। परिवारका अनुसार उहाँ केही वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।