• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

‘धनञ्जयले स्थापित गरेको ‘हाँक’ मसालविरुद्ध घृणा फैलाउन फोहोरी सामग्री बनाइयो’


  •   शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले शहिद शोभाखर धनञ्जयप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । शोभाखर पार्टीको एक अनुशासित, प्रतिबद्ध र जुझारु नेता र सिपाही हुनुहुन्थ्यो भन्दै मसालले पार्टीको निर्देशन र निर्णयानुसार उहाँले हाँक पत्रिकाको सम्पादन गर्ने ऐतिहासिक जिम्मेवारी काँधमा लिएको स्मरण गरेको छ ।

    Advertisement

    सरोज शर्मा (शोभाखर धनन्जय)को ३६औँ स्मृति दिवसका अवसरमा प्रवक्ता रामप्रकाश पुरीले शुक्रबार प्रेशित गर्नुभएको वक्तव्यमा शोभाखरको मृत्युपछि पनि ‘हाँक’ ले लामो समयसम्म क्रान्तिकारी विचारलाई प्रचार गर्न मद्दत गरेको स्पष्ट पार्दै तर अहिले त्यो गलत तत्वहरूको हातमा पुगेको बताउनुभएको छ ।

    ‘अहिले त्यो पत्रिका खालि का. शोभाखर धनञ्जयको नामको दुरूपयोग गरी उहाँले सुरु गरेको महान् परम्परालाई ध्वस्त गर्न मात्र होइन, नेपालको कम्युनिस्ट आन्दोलनको एक मात्र क्रान्तिकारी शक्तिको रूपमा रहेको नेपाल कम्युनिस्ट पार्टी (मसाल) का विरुद्धमा घृणित र पाखण्डीपूर्ण कार्य गर्नका लागि एउटा फोहरी सामग्री बन्न गएको छ’ वक्तव्यमा भनिएको छ ।

    मसालले शोभाखरले सुरु गरेको परम्परा र थालनीको कहिल्यै पनि अन्त्य नहुने र हुन पनि नदिने प्रतिवद्धता व्यक्त गर्दै त्यो काम अहिले ‘युगदर्शन’ ले गरिरहेको पनि स्पष्ट पारेको छ ।

    यस्तो छ, वक्तव्य
    ‘जनवादी तथा प्रगतिशील सांस्कृतिक अभियन्ता जेबी टुहुरे (जुठबहादुर खड्गी) को २०७८ भाद्र १० गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । टुहुरेले नेपालको जनवादी तथा प्रगतिशील सांस्कृतिक आन्दोलनमा लामो समयदेखि निरन्तर र महत्वपूर्ण योगदान दिँदै आउनुभएको थियो । उहाँ मुख्य रूपले जनवादी गायक हुनुहुन्थ्यो । उहाँका गीतसङ्गीतले जनतामा परिवर्तनप्रति जागरणको सन्देश प्रवाह गरेका छन् र उहाँका ती विभिन्न अमर सांस्कृतिक कृतिहरूले जनताको बिचमा सामाजिक परिवर्तनको आन्दोलनमा सधैँ चेतना र जागरणको सन्देश प्रवाह गरिरहने छन् । नेपालको सामाजिक परिवर्तन तथा सांस्कृतिक आन्दोलनको क्षेत्रमा टुहुरे एक सांस्कृतिक अभियन्ताको रूपमा अविस्मरणीय हुनुहुन्छ । हामीले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

    हाम्रो पार्टीको निर्णयानुसार सर्वप्रथम का. शोभाखर धनञ्जयको सम्पादकत्वमा हाँक पत्रिका प्रकाशित भएको थियो । का. शोभाखर सर्वप्रथम हाम्रो पार्टीको एक अनुशासित, प्रतिबद्ध र जुझारु नेता र सिपाही हुनुहुन्थ्यो । उहाँले पार्टीको निर्देशन र निर्णयानुसार उक्त हाँक पत्रिकाको सम्पादन गर्ने ऐतिहासिक जिम्मेवारी काँधमा लिनुभएको थियो । पार्टीको त्यो ऐतिहासिक जिम्मेवारी बहन गरिरहेकै बेलामा का. शोभाखरको मृत्यु भएको थियो । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जलीका साथै श्रद्धासुमन व्यक्त गर्दैछौँ ।

    उहाँको मृत्युपछि त्यो ऐतिहासिक जिम्मेवारीलाई पार्टीको प्रत्यक्ष निर्देशन र संरक्षणमा अगाडि बढाइएको थियो । उहाँको सम्पादन कालमा उक्त पत्रिकामा प्रकाशित हुने मुख्य सामग्री पार्टीका वैचारिक विरासत नै थिए । त्यसरी त्यो हाँक पत्रिकाले पार्टीको वैचारिक विरासतको परम्परालाई निरन्तर अगाडि बढाउँदै पार्टीको संस्थागत निर्णयको संरक्षण, सम्वद्र्धन र प्रचार कार्यलाई लामो समयसम्म कायम राखेको थियो । तर गत केही वर्षअगाडिबाट उक्त हाँक पत्रिकालाई गलत तत्वहरूले कब्जामा लिएपछि युगदर्शन साप्ताहिक र युगदर्शन अनलाइनमा का. शोभाकरको त्यो महान् परम्परा हस्तान्तरित हुन पुगेको थियो र अहिले त्यो परम्पराको सुचारु युगदर्शन पत्रिकामार्फत भइरहेको छ ।

    गलत तत्वहरूले हाँक साप्ताहिकलाई कब्जामा लिएपछि उनीहरूले का. शोभाखर धनञ्जयले स्थापित गर्नुभएको त्यो महान परम्परामाथि आक्रमण गरेका थिए । अहिले त्यो पत्रिका खालि का. शोभाखर धनञ्जयको नामको दुरूपयोग गरी उहाँले सुरु गरेको महान् परम्परालाई ध्वस्त गर्न मात्र होइन, नेपालको कम्युनिस्ट आन्दोलनको एक मात्र क्रान्तिकारी शक्तिको रूपमा रहेको नेपाल कम्युनिस्ट पार्टी (मसाल) का विरुद्धमा घृणित र पाखण्डीपूर्ण कार्य गर्नका लागि एउटा फोहरी सामग्री बन्न गएको छ । हाम्रो पार्टीको महान् उद्देश्यको यात्रामा त्यस प्रकारका घृणित र पाखण्डीपूर्ण कार्यले बेलाबेलामा बाधा उत्पन्न गर्ने दुष्प्रयास गरेको भए पनि ती सबै पराजित र विफल भएर जाने कुरा स्पष्ट छ । का. शोभाखरले सुरु गर्नुभएको परम्परा र थालनीको कहिल्यै पनि अन्त्य हुने छैन र हुन दिइने पनि छैन ।

    दार्चुलाको तुइन प्रकरणको घटनाको छानबिन भएको प्रतिवेदन अहिलेसम्म सरकारले सार्वजनिक गरेको छैन र तुरुन्त सार्वजनिक गर्नका लागि आनाकानी गरेको देखिन्छ । छानबिन समितिले उक्त घटनामा भारतीय पक्ष दोषी भएको कुरा प्रतिवेदनमा उल्लेख भएको भनी सञ्चार माध्ययममा आएका सूचनाबाट जानकारी प्राप्त हुन्छ । त्यो जे भए पनि उक्त प्रतिवेदन सरकारले सार्वजनिक गर्नुपर्दछ । उक्त घटनामा भारतीय पक्ष दोषी भएको कुरा त्यो प्रतिवेदनमा उल्लेख भएकाले कतै भारतीय साम्राज्यवादको दबाबमा नेपाल सरकारले त्यो प्रतिवेदन सार्वजनिक गर्न हिच्किचाइरहेको त छैन भन्ने गम्भीर प्रश्न खडा हुन्छ । त्यसैले छिटोभन्दा छिटो त्यो प्रतिवेदन सार्वजनिक गर्नका लागि हामीले सरकारसँग माग गर्दछौँ र उक्त घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउनका लागि भारतीय पक्षसँग उच्च कूटनीतिक वार्ता समेत अगाडि बढाउनुपर्नेमा हामीले नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ ।”

    २०७८ भाद्र ११ गते ।

    शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
    ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम
    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने
    अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त
    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • २.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • ३.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • ४.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ५.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • ६.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ७.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ८.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.