काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सुदूर पश्चिम घटनाको छानबिन गर्ने भएको छ ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७८ भदौ १० गते जारी प्रेसवक्तव्यमो सो जानकारी दिइएको हो ।
पार्टीभित्र भएका मतमतान्तरजस्ता समस्यालाई समाधान गर्ने विधि र प्रक्रिया रहेको बताउँदै वक्तव्यमा त्यो विधि र प्रक्रिया नअपनाई केन्द्रको सहमतिबेगर गरिएको भेलालाई अराजक र फुटपरस्त तथा अवैधानिक बताइएको छ । त्यसका साथै राजमो केन्द्रले उक्त घटनाको छानबिन गर्ने भएको छ ।
प्रेसक्तव्यको पूर्ण पाठ यस्तो छ–
“यही भाद्र ९ गते राष्ट्रिय जनमोर्चा सुदूर पश्चिम प्रदेशस्तरीय भेला भनेर जुन प्रकारको गतिविधि भएको छ, त्यो अराजक र फुटपरस्त गतिविधि हो । त्यसलाई हामीले विरोध गर्दछौँ । त्यसको भ्रममा नपर्न पार्टीका साथी र आम जनसमुदायलाई अपिल गर्दछौँ । पार्टीमा भएका मतमतान्तर वा समस्यालाई समाधन गर्ने विधि र प्रक्रिया छन् । त्यो विधि र प्रक्रिया नअपनाई केन्द्रको सहमतिबेगर भएको त्यो भेला अवैधानिक छ । त्यसबारे छिट्टै छानबिन हुने छ ।”