काठमाडौँ । नेपालमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटघाटलाई तीव्रता दिएका छन् । उनले सत्ता र विपक्षका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन् ।
२०७८ भदौ ६ गते आइतबार काठमाडौँ आएका चौथाइवालेले हिजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए ।
त्यस्तै, भदौ ७ गते उनले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी–केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा दुईपक्षीय हितका विषयमा कुराकानी भएको चौथाइवालेले ट्विट गर्दै उल्लेख गरेका छन् भने नेताहरूसँगका तस्बिर सार्वजनिक गरेका छन् ।
चौथाइवाले नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको निमन्त्रणामा नेपाल आएका हुन् । उनले हिजै महतसँग भेटवार्ता गरेका थिए ।

