• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

यस्तो थियो, भूपू गोर्खा सैनिकको अनशन


  •   शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
  • मीन राना, लन्डन ।
    तेह्रदिने रिले अनशनबाट बेलायत सरकार टसमस नभएपछि गोर्खा सत्याग्रह समितिले भोक हड्ताल सुरु गरेको थियो । पूर्वघोषित कार्यक्रमअनुसार ज्ञानराज राई, धनगुरुङ र पुष्प रानाघलेले भोक हड्ताल सुरु गरे । पार्लियामेन्ट स्टेटको छेउमा प्रधानमन्त्री कार्यालयअगाडि रिले अनशन बसेकै ठाउँमा भोक हड्ताल सुरु भयो । यो आन्दोलनमा विभिन्न देशविदेशका सङ्घसंस्थाको साथ र समर्थन दिनानुदिन बढ्दै गयो ।

    Advertisement

    अन्ततः १९ अगस्टको दिन बेलायती राज्यमन्त्रीले ब्रिटिस सरकार, नेपाल सरकार र गोर्खा सत्याग्रहका प्रतिनिधिबिच २०२१ भित्रै वार्ता गर्न सहमति जनाएपछि आन्दोलनरत भूतपूर्व गोर्खाले आमरण अनशन अन्त्य गरेका छन् ।

    उक्त दिन अनशनरत अभियन्तालाई भ्याइनभ्याइ थियो । नेपाली समुदाय, बेलायती भूपू आर्मी भेट्रान, पत्रकार तथा शुभचिन्तक बधाइ दिन तथा खुसियाली साट्न भिड लागेको थियो ।

    स्वास्थ्य समस्या देखिएका धन गुरुङ खुसीले सबै स्वास्थ्य समस्या भुलेर बधाइ थापिरहेका थिए । पुष्पा घले राणा उभिन नसक्ने अवस्थामा हुनुहुन्थ्यो, तर खुसीले गदगद हुनुहुन्थ्यो । सकभर उठेर बधाइ लिने र दिने प्रयास गरिरहनुभएको थियो । गोर्खा समस्याबारे भोक हड्तालमा बस्ने उहाँ पहिलो महिला हुनुहुन्छ ।

    नेपाली र अङ्ग्रेजी दुवै भाषाका स्पष्ट वक्ता तथा विचारमा अडिग र गोर्खा आन्दोलनका जोसिला बाघ ज्ञानराज राई स्वास्थ्य समस्या बाबजुद पनि विभिन्न मिडियालाई अन्तर्वार्ता दिइरहेका थिए । साँझसम्म उहाँहरूले तातो सुपसम्म खान भ्याउनुभएको थिएन । पहिले लिएको सुप खानै नभ्याई सेलाए छ ।

    महिला सहभागीहरू दोस्रो पटक सुप लिन दगुर्दै हुनुहुन्थ्यो । यसरी १९ अगस्ट मध्याह्नबाट पार्लियामेन्ट स्टेट तातिरहेको थियो । यहाँको व्यस्त जीवनले गर्दा मान्छे आउन र जाने गरिरहेका थिए ।

    भूतपूर्व सैनिक मामिला हेर्ने ब्रिटिस राज्यमन्त्री लियो डोकर्टी तथा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी ब्रिटिस सरकारको पत्रसहित अनशन तोडाउन अनशन स्थलमा पुगेका थिए ।

    यसअघि मन्त्री डोकर्टीले एक पत्र लेख्दै ब्रिटिस सरकार भूतपूर्व गोर्खा सैनिकका मागबारे छलफल गर्न नेपाल सरकार, ब्रिटिस सरकार तथा गोर्खा प्रतिनिधि सम्मिलित समिति गठन गर्न सहमत भएको जनाएका थिए ।

    सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका गोर्खा सैनिकलाई समान पेन्सनको माग गर्दै गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिसँग आबद्ध तीन जना अभियन्ताले गत अगस्ट ७ तारिखदेखि आमरण अनशन सुरु गरेका थिए ।

    उनीहरूको आन्दोलनमा बेलायतस्थित नेपाली सङ्घसंस्था, नेपालका विभिन्न सङ्घसंस्था तथा सांसद र ब्रिटिस सांसदले पनि समर्थन जनाएका थिए । यस क्रममा लन्डनस्थित नेपाली राजदूतावास र राजदूत रेग्मीले सक्रिय रूपमा कूटनीतिक पहल गरेका थिए ।

    शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.