• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अफगानिस्तानबाट पाठ सिकेर नेपालले एमसीसी अस्वीकार गर्नुपर्छ : राजमो


  •   बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवाद प्रवेश गरेको देश कसरी तहसनहस हुन्छ भन्ने कुरा अफगानिस्तानबाट सिक्नुपर्ने बताएको छ ।

    Advertisement

    बिहीबार एक वक्तव्य प्रकाशित गरी अध्यक्ष चित्रबहादुर केसीले अफगानी जनता पहिला सोभियत साम्राज्यवाद र त्यसपछि अमेरिकी साम्राज्यवादको उत्पीडनमा परेको उल्लेख गर्दै अहिले कट्टरपन्थी आतंकवादी संगठन तालिबानले सत्ता कब्जा गरेको बताउनुभएको छ ।

    ‘नेपालमा पनि साम्राज्यवादी र बाह्य शक्तिहरूको ठुलो चलखेल हुने गरेको छ’ वक्तव्यमा भनिएको छ, ‘अमेरिकाले आफ्नो साम्राज्यवादी रणनीति एमसीसीलाई नेपालमा लाद्न खोजेको छ ।’

    यस्तो छ वक्तव्यः
    ‘अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेको घटनाप्रति राष्ट्रिय जनमोर्चाको ध्यान आकर्षण भएको छ । त्यसबारे धारणा स्पष्ट गर्न यो वक्तव्य जारी गरिएको छ ।

    आजभन्दा दुई दशक पहिले अफगानिस्तानमा अमेरिकाको मद्दतमा तालिवानको सरकारलाई अपदस्थ गरिएको थियो । त्यसपछि उनीहरूले गृहयुद्ध चलाउँदै आएका थिए । गृहयुद्धमा उनीहरूले आफ्नो देशको सेना र अमेरिकी सेना समेतको सामना गर्न पर्‍यो । त्यो गृहयुद्धमा दुवैतर्फका लाखौँको सङ्ख्यामा सैनिक तथा जनसाधरणको मृत्यु भयो । अरबौँ डलर खर्च भयो । जनताले ठुलो विपत्ति बेहोर्न पर्‍यो ।

    अन्ततः उही तालिवानले सत्ता कब्जा गर्‍यो । असरफ घानीको सरकार अपदस्थ भयो । अहिले असरफ घानी र उनको सरकारका उच्च अधिकारी, कूटनीतिक नियोगका कर्मचारी र तालिवानको निशानामा पर्ने डरले कैयौँ अफगानी नागरिक र विदेशीहरूले अफगानिस्तान छाडेका छन् । त्यो क्रम जारी छ । कतिपय देशका कुटनीतिक नियोगले समेत अफगानिस्तान छाडेका छन् त्यहाँको जनजीवन आतङ्कित भएको अनुमान गर्न सकिन्छ । त्यहाँको जनताको जीवन र धनको रक्षा गर्न तथा विपदमा परेका जनतालाई सयहोग गर्न हामीले विश्वका सम्बन्धित समुदायहरूसँग अपील गर्दछौँ ।

    त्यहाँ हजारौँको सङ्ख्यामा नेपालीहरू अलपत्र परेका छन् । केही अन्य देशका कूटनीतिक नियगहरू मार्फत नेपाल आएका छन् । त्यहाँ नेपालीहरूको स्थिति पत्ता लगाइ उनीहरूलाई सकुशल छिट्टै देशमा ल्याउन हामीले सरकारको ध्यान आकर्षण गराउँदछौँ । साथै यो घटनाले विश्वको साथै नेपालमा समेत प्रभाव पार्ने भएकाले उक्त घटनाप्रति नेपाल सरकारको धारणा स्पष्ट गर्न पनि अग्रह गर्दछौँ ।
    तालिवान कट्टर इस्लामिक र आतङ्कवादी सङ्गठन हो । त्यसले पहिला सरकारमा छँदा कैयन् अमानवीय नीति अपनाएको थियो । इस्लामिक मान्यता अनुसार महिलाको स्वतन्त्रतामा पुरा बन्देज लगाएको थियो । १० वर्षभन्दा माथिका बालिकालाई शिक्षा र मनोरञ्जनका साधनबाट बञ्चित गरेको थियो । मृत्युदण्ड दिने, अभियुक्तको अङ्गभङ्ग गरिदिने जस्ता बर्बर सजाए हुन्थ्यो ।

    प्रजातान्त्रिक हक अधिकार, प्रेस स्वतन्त्रता थिएन । अबका दिनमा पनि त्यस प्रकारका नीतिहरू दोहोरिन सक्दछन् । त्यसकारण, त्यहाँ ती नीतिहरूका विरुद्ध त्यहाँका उत्पीडित जनता र विश्व समुदायले समेत आवाज उठाउन पर्छ । तर तालिवानले सत्ता कब्जा गरेपछि आफूहरूले उदार नीति अपनाउने बताएका छन् । उनीहरूले कुन हदसम्मको उदार नीति अपनाउँछन् आगामी दिनमा थाहा होला । उनीहरूले उदार प्रकारका नीतिहरू अपनाएमा सकारात्मक कुरा हुने छ ।

    अफगानी जनता पहिला सोभियत साम्राज्यवाद र त्यसपछि अमेरिकी साम्राज्यवादको उत्पीडनमा पर्नु पर्‍यो । साम्राज्यवादका कठपुतली र कट्टर इस्लामिक फासिवादी राजनीतिक सङ्गठन वा सरकारकोमध्येयुगिन उत्पीडनमा जीउन परेको छ । वास्तवमा त्यस प्रकारको स्थिति उत्पन्न हुनुमा तीनवटा कुराहरू कारक छन् ः धार्मिक कट्टरता, अप्रजातान्त्रिक शासन प्रणाली र साम्राज्यवादी शक्तिहरूको भूमिका । त्यस प्रकारको स्थितिको अन्तका लागि त्यहाँका जनता सहित विश्वस्तरबाट आवाज उठाउनुपर्छ ।

    त्यो घटनाको प्रभाव विश्व, दक्षिण एसिया र नेपालमा समेत पर्न सक्छ । त्यो घटनाबाट उक्त तिनै पक्षहरूले पाठ पनि सिक्नुपर्छ । विश्व सन्दर्भमा विश्व साम्राज्यवादले र मुख्य रूपले अमेरिकी साम्राज्यवादले सिक्नु पर्छ । अमेरिकी साम्राज्यवादी नीति र त्यसको सेनाको पराजय भएर नै तालिवानले सत्ता कब्जा गरेको हो ।

    विश्वको अति शक्तिशाली अमेरिका एउटा पिछडिएको र सानो देशबाट पराजय भोगेर फिर्ता हुन परेको छ । केही दशक अघि यस्तै प्रकारले अमेरिका, भियतनामबाट फिर्ता भएको थियो । यस प्रकारका युद्धमा अमेरिकाले आफ्ना अत्याधुनिक अस्त्रले संजित धेरै सैनिकहरू गुमाएको छ । खरबौँ डलर खर्च गरेको छ । तैपनि हारेर फिर्ता हुनु परेको छ । अझै त्यसले युद्ध सामाग्री उत्पादन गर्न र सैन्य शक्तिको लागी ठुलो धनराशि खर्च गरिरहेको छ । वास्तवमा विश्व साम्राज्यवाद असफल हुँदै गइरहेको छ । उसले यस्ता घटनाबाट पाठ सिकेन भने विश्वका उत्पीडित देशका जनताले यस प्रकारको स्थिति बेर्होन पर्ने छ । दक्षिण एसियामा तालिवानको प्रत्यक्ष प्रभाव पर्न सक्छ । त्यहाँ अतिवादी र आतङ्कवादी घटना बढ्न सक्छन् ।

    नेपालमा पनि साम्राज्यवादी र बाह्य शक्तिहरूको ठुलो चलखेल हुने गरेको छ । हाम्रा आन्तरिक मामिलाहरूमा बेनकाव हस्तक्षेप गर्ने गरेका छन् । अमेरिकाले आफ्नो साम्राज्यवादी रणनीति एमसीसीलाई नेपालमा लाद्न खोजेको छ । पटकपटक सरकारले त्यसलाई संसदबाट पारित गर्न खोजे पनि जनताको सङ्घर्षले त्यो पारित हुन सकेको छैन । एमसीसीलाई नेपाली जनताले अस्वीकार गरिसकेका छन् । तैपनि अमेरिकाले एक वा अर्को राजनीतिक दललाई दबाब दिएर पारित गर्न प्रयत्न गरेको छ । अब एमसीसीबारे कुनै शङ्का छैन कि त्यो अमेरिकाको सैन्य रणनीतिसँग सम्बन्धित छ । इण्डोप्यासिफिक रणनीतिअन्तर्गत अमेरिकाले नेपाललाई चीनका विरुद्धको मोर्चामा सामेल गर्न वा नेपाललाई युद्धको अखडा बनाउने रणनीतिअन्तर्गत काम गरेको छ । तर अफगानिस्तानको घटनाले अमेरिका र नेपालले मात्र होइन, सबै सम्बन्धित विश्व समुदायहरूले समेत आफ्ना नीतिमा पुनर्विचार गर्नुपर्छ ।

    नेपालले अर्को पक्षमा पनि सावधानी अपनाउनु पर्छ । केही समय यता जातीय एकता, सामाजिक र धार्मिक सद्भाव, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता जस्ता कुरामा आँच पुग्ने गतिविधिहरू भइरहेका छन् । जातीय र धार्मिक विद्वेष, साम्प्रदायिकता, क्षेत्रीयतावाद, राष्ट्रिय विखण्डनका सोचलाई आतङ्कवादको झिल्कोले अकल्पनीय विध्वंसतिर लैजान्छ । त्यसप्रति नेपाल सरकार र नेपाली जनताले सावधानी अपनाउनुपर्छ ।’
    मितिः २०७८५र३
    चित्रबहादुर के.सी.
    अध्यक्ष

    बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.