काठमाडौं । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । उक्त अध्यादेशविरुद्ध हालसम्म पाँचवटा रिट निवेदन पेस भएको सर्वोच्चले जनाएको छ ।
Advertisement
सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल विभाजनको प्रावधानलाई खुकुलो बनाउने अध्यादेश जारी गर्नुभएको थियो । सोही अध्यादेश अनुसार नेकपा एमाले र जसपा नेपाल विभाजन प्रक्रिया सुरु भइसकेको छ ।
उक्त अध्यादेशको प्रावधानअनुसार एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा र जसपाबाट महन्थ ठाकुरको नेतृत्वमा अलग दल दर्ताको प्रक्रिया आरम्भ भइसकेको छ ।