काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।
Advertisement
नयाँ दल दर्ताका लागि २०७८ भदौ २ गते आयोगमा निवेदन दिइएको हो ।
नेकपा (एमाले) समाजवादी नामक दल दर्ताका लागि आयोगमा निवेदन दिइएको केन्द्रीय सदस्य रामकुमारी झाक्रीले जानकारी दिनुभयो ।
निवेदनमा पार्टीको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ ।
नेपाल समूहको केन्द्रीय सदस्य र सांसदको बुधबार नै बसेको बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुङ्गो लगाएको थियो ।