तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चा जैमिनी नगर समितिले भदौ १५ गतेभित्र सबै वडाको बैठक राख्ने निर्णय गरेको छ । नगर समितिका अध्यक्ष दिल बहादुर श्रीसको अध्यक्षतामा सोमबार बसेको बैठकले भदौ १५ गतेसम्म सबै वडाको बैठक सम्पन्न गरी सदस्यता अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
Advertisement
यस्तै बैठकले आर्थिक अभियान, वडामा बिनियोजित बजेटको समिक्षा, कोभिड १९को सचेतना सञ्चालन र आम नागरिकलाई खोप पुर्याउन माग गर्ने लगायतका निर्णय गरेको अध्यक्ष श्रीसले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले देशको वर्तमान राजनैतिक परिस्थिति, संगठन निर्माण र परिचालन, कोभिड १९ को प्रभाव, सतर्कता र हाम्रो भूमिका, विकास निमार्णमा हाम्रो भूमिका लगायत विषयमा प्रशिक्षण दिनुभएको थियो ।